मेयरसाप

स्थानीय तह

काठमाडौं महानगरपालिका

बालेन शाह

पोखरा महानगरपालिका

विद्यालय

उपनिर्वाचन

काभ्रेका स्थानीय तहमा सेनेटरी प्याड खरिदमा गम्भीर समस्या: मापदण्डविपरीत खरिदको आरोप

महालेखा परीक्षकको कार्यालयले आर्थिक वर्ष २०७९–८० को अन्तिम लेखापरीक्षण प्रतिवेदनमा विभिन्न पालिकाहरूले मापदण्डविपरीत सेनेटरी प्याड खरिद गरेको औँल्याएको छ।

Mayorsap

बुध, भदौ ५, २०८१ | १२:०५ बजे

काभ्रेपलाञ्चोकका स्थानीय तहले सामुदायिक विद्यालयका छात्राहरूका लागि खरिद गर्ने सेनेटरी प्याडमा समस्या देखिएको छ। 

महालेखा परीक्षकको कार्यालयले आर्थिक वर्ष २०७९–८० को अन्तिम लेखापरीक्षण प्रतिवेदनमा विभिन्न पालिकाहरूले मापदण्डविपरीत सेनेटरी प्याड खरिद गरेको औँल्याएको छ। 

महिनावारी व्यवस्थापनका लागि सरकारले सामुदायिक विद्यालयमा छात्राहरूलाई सेनेटरी प्याड उपलब्ध गराउने व्यवस्था गरेको छ। यसले किशोरीहरूलाई विद्यालय छाड्ने समस्यालाई समाधान गर्ने उद्देश्य राखेको छ। तर, काभ्रेका केही पालिकाहरूले तोकिएको मापदण्डअनुसार सेनेटरी प्याड खरिद नगरेको पाइएको छ। 

कसरी भएको सेनेटरी प्याड खरिदमा त्रुटि? 
तेमाल गाउँपालिकाले लागत अनुमान, आवश्यक स्पेसिफिकेशन, र विद्यालयबाट माग फाराम संकलन नगरी सेनेटरी प्याड खरिद गरेको पाइएको छ। प्रतिस्पर्धात्मक विधि अवलम्बन नगरी सिधै खरिद गरिएको सेनेटरी प्याड गुणस्तरीय भए नभएको जाँच गरिएको छैन। नमूना परीक्षण गर्दा सेनेटरी प्याडमा आवश्यक एवजर्विङ क्यापासिटी नभएको महालेखा प्रतिवेदनले देखाएको छ। 

अन्य पालिकामा पनि समस्या 
भुम्लु गाउँपालिकाले त्रिनेत्रश्वर मल्टिपर्पोज कम्पनी प्रालिबाट ६५ रुपियाँ प्रति प्याकेटका दरले १० हजार ३६० थान सेनेटरी प्याड खरिद गरेको छ। रोसी गाउँपालिकाले २२ वटा विद्यालयका १ हजार ७२० छात्राहरूका लागि १५ लाख ६७ हजार चार सय रुपियाँमा सेनेटरी प्याड खरिद गरेको छ। 

धुलिखेल नगरपालिकाले १२ हजार ४९५ प्याकेट सेनेटरी प्याड खरिद गरी १२ लाख २७ हजार ३२२ रुपियाँ भुक्तानी गरेको छ भने मण्डनदेउपुर नगरपालिकाले १९ हजार २ सय प्याकेट प्याड खरिद गरी ५ लाख ६९ हजार ५२० रुपियाँ भुक्तानी गरेको छ। बेथानचोक गाउँपालिकाले १० हजार २५० प्याकेट सेनेटरी प्याड ७२ रुपियाँ प्रति प्याकेटका दरले खरिद गरेको छ। 

महालेखाको प्रतिवेदनमा उल्लेख भएअनुसार सेनेटरी प्याड खरिद गर्दा स्थानीय तहले तोकिएका १२ वटा मापदण्ड पालना नगरेको पाइएको छ। सेनेटरी प्याड खरिदमा देखिएका समस्याहरूले छात्राहरूको स्वास्थ्य र विद्यालयमा बसाइमा असर गर्ने सम्भावना छ।
 

तपाईंको प्रतिक्रिया

सम्बन्धित खबर

ट्रेन्डिङ

ताजा अपडेट

सूचना, सचेतना, सहकार्य !

 

थप जानकारी

सूचना विभाग दर्ता न.: 4705-2081/2082

अध्यक्ष : Pradip Khadka

डेस्क इडिटर: 

समाचार

महत्वपूर्ण लिंक

सम्पर्क

© 2024 mayorsap.com | सर्वाधिकार सुरक्षित

Developed with ❤️ by Clock b Business Technology