मेयरसाप

स्थानीय तह

काठमाडौं महानगरपालिका

बालेन शाह

पोखरा महानगरपालिका

विद्यालय

उपनिर्वाचन

निलकण्ठ नगरपालिका र बेनीघाट रोराङ गाउँपालिका बने सर्वोत्कृष्ट पालिका

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्थानीय तह संस्थागत क्षमता स्वमूल्यांकन (लिजा)मा सर्वोत्कृष्ट अंक ल्याउने ३ वटा गाउँपालिका र ३ वटा नगरपालिकालाई सम्मान गरेको छ ।

Mayorsap

शुक्र, भदौ ७, २०८१ | ०९:१९ बजे

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्थानीय तह संस्थागत क्षमता स्वमूल्यांकन (लिजा)मा सर्वोत्कृष्ट अंक ल्याउने ३ वटा गाउँपालिका र ३ वटा नगरपालिकालाई सम्मान गरेको छ । मन्त्रालयमा आयोजित एक समारोहबीच ती पालिकालाई सम्मान गरिएको हो।

  
स्थानीय तह समन्वय शाखाका अनुसार मन्त्रालयले स्थानीय तहले गरेको स्वमूल्यांकनलाई मन्त्रालयले गरेको गुणस्तर परीक्षणपछि उत्कृष्ट पालिकाको चयन गरिएको हो।

उत्कृष्ठ नतिजा ल्याउने नगरपालिकामा धादिङको निलकण्ठ नगरपालिका, रुपन्देहीको तिलोत्तमा नगरपालिका र चितवनको रत्ननगर नगरपालिका छन् । मन्त्रालयको मूल्यांकनमा उनीहरुले लिजामा क्रमश ९२.५, ९२ र ९१.५० अंक पाएका छन् । 

गाउँपालिका तर्फ धादिङको बेनीघाट रोराङ गाउँपालिका, गुल्मीको रुरक्षेत्र गाउँपालिका र सिनधुपाल्चोकको इन्द्रवती गाउँपालिका छन् । उनीहरुले क्रमश ८७.२५ र ८७ अंक ल्याएका छन्।   

आर्थिक वर्ष २०७९/०८० को संस्थागत क्षमता स्वमूल्यांकन नतिजामा उत्कृष्ट हुने पालिकालाई मन्त्रालयले सम्मान गरेको हो । ४ वटा स्थानीय तहले भने संस्थागत क्षमता स्वमूल्यांकन नै गराएका छैनन् । मन्त्रालयका अनुसार क्षिरेश्वरनाथ नगरपालिका, राप्ती नगरपालिका, हेलम्बु गाउँपालिका र विष्णुपुर गाउँपालिका भने स्वमूल्यांकनमा सहभागी नभएका कारण सम्मानको दौडमा अयोग्य थिए ।


स्थानीय तहको कार्यप्रक्रिया र उपलव्धिको लेखाजोखा गरी शासकीय प्रकृया र विकास व्यवस्थापनमा गर्नुपर्ने सुधारका क्षेत्रहरु पहिचान गर्ने, आवधिक समीक्षाको आधार प्राप्त गर्ने र स्थानीय सरकारबीच स्वस्थ्य प्रतिस्पर्धाको भावना जगाउन संस्थागत क्षमता स्वमूल्यांकन गराइदै आएको छ । 


यो स्थानीय तह आफैँले आफैँलाई मापन गर्ने विधि हो । स्थानीय तहले आफुले आफैँलाई दिएको अंकलाई मन्त्रालयले गुणस्तर परीक्षण गरेपछि उत्कृष्ट घोषणा गर्ने प्रचलन छ ।

तपाईंको प्रतिक्रिया

सम्बन्धित खबर

ट्रेन्डिङ

ताजा अपडेट

सूचना, सचेतना, सहकार्य !

 

थप जानकारी

सूचना विभाग दर्ता न.: 4705-2081/2082

अध्यक्ष : Pradip Khadka

डेस्क इडिटर: 

समाचार

महत्वपूर्ण लिंक

सम्पर्क

© 2024 mayorsap.com | सर्वाधिकार सुरक्षित

Developed with ❤️ by Clock b Business Technology