मेयरसाप

स्थानीय तह

काठमाडौं महानगरपालिका

बालेन शाह

पोखरा महानगरपालिका

विद्यालय

उपनिर्वाचन

मदाने गाउँपालिकाले घरघरमै पुगेर सुरु गर्‍यो सामाजिक सुरक्षा भत्ता नवीकरण

गुल्मीको मदाने गाउँपालिका–१, अग्लुङ्गले स्थानीय नागरिकको घरमै पुगेर सामाजिक सुरक्षा भत्ता नवीकरण गर्ने अभियान सुरु गरेको छ। वडा अध्यक्ष सुशील चन्दका अनुसार, विशेष गरी अशक्त, अपाङ्ग, र वृद्धवृद्धालाई लक्षित गरी सामाजिक सुरक्षा भत्ता नवीकरणका लागि वडाका प्रतिनिधिहरूले घरमै पुगेर सेवा दिन थालेका छन्।

Mayorsap

शुक्र, भदौ ७, २०८१ | १२:५३ बजे

गुल्मीको मदाने गाउँपालिका–१, अग्लुङ्गले स्थानीय नागरिकको घरमै पुगेर सामाजिक सुरक्षा भत्ता नवीकरण गर्ने अभियान सुरु गरेको छ। वडा अध्यक्ष सुशील चन्दका अनुसार, विशेष गरी अशक्त, अपाङ्ग, र वृद्धवृद्धालाई लक्षित गरी सामाजिक सुरक्षा भत्ता नवीकरणका लागि वडाका प्रतिनिधिहरूले घरमै पुगेर सेवा दिन थालेका छन्।

 

भदौ मसान्तसम्म सामाजिक सुरक्षा भत्ता लाभग्राहीहरूले आफ्नो विवरणसहित नवीकरण गरिसक्नुपर्ने प्रावधानअनुसार, यस वडाले विभिन्न टोलमा प्रतिनिधि खटाएर नवीकरण प्रक्रिया सहज बनाएको छ। अग्लुङ्गफेदीका लागि रघुफेदी प्रतिमाननिमा माध्यमिक विद्यालय, निपाने र घडेरीका लागि घडेरी प्राथमिक विद्यालय, र ओख्लेदहका लागि ओख्लेदह आधारभूत विद्यालयमा नवीकरण कार्य सम्पन्न गरिनेछ।

 

टोलमा नवीकरणका लागि पुग्न नसक्ने जेष्ठ नागरिक र असहायहरूको लागि घरमै पुगेर नवीकरण गरिने बताइएको छ। वडा कार्यालयको यस कदमले स्थानीयलाई निकै सहज भएको अनुभव गर्दै, धेरैले यो सेवा प्रति खुसी व्यक्त गरेका छन्।

तपाईंको प्रतिक्रिया

सम्बन्धित खबर

ट्रेन्डिङ

ताजा अपडेट

सूचना, सचेतना, सहकार्य !

 

थप जानकारी

सूचना विभाग दर्ता न.: 4705-2081/2082

अध्यक्ष : Pradip Khadka

डेस्क इडिटर: 

समाचार

महत्वपूर्ण लिंक

सम्पर्क

© 2024 mayorsap.com | सर्वाधिकार सुरक्षित

Developed with ❤️ by Clock b Business Technology