मेयरसाप

केपी ओली

भरतपुर महानगरपालिका

राजनीति

सम्पादकीय

स्वास्थ्य

हेटौंडा उपमहानगरपालिका

प्रशासकीय भवन

नगर बस

त्रिशूली

तुर्माखाँद गाउँपालिका

श्री राष्ट्रिय माध्यमिक विद्यालय

गुल्मीका १२ पालिकाका २२ हजार घरधुरी ‘एक घर एक धारा’ सुविधा विहीन

गुल्मीका १२ स्थानीय तहमा ४३ हजार ७५६ घरमा एक घर एक धारा सुविधा पुगेको छ भने बाँकी २२ हजार ३६९ घरधुरी पिउने पानीका लागि कुवा÷पँधेरो धाउने गरेका छन् ।

Mayorsap

आइत, भदौ ९, २०८१ | ०९:२८ बजे

राष्ट्रिय जनगणना–२०७८ अनुसार गुल्मीमा ६६ हजार १२५ घरधुरीमध्ये २२ हजार ३६९ घरधुरी ‘एक घर एक धारा’ सुविधा विहीन छन् । गुल्मीका १२ स्थानीय तहमा ४३ हजार ७५६ घरमा एक घर एक धारा सुविधा पुगेको छ भने बाँकी २२ हजार ३६९ घरधुरी पिउने पानीका लागि कुवा÷पँधेरो धाउने गरेका छन् ।

 

हिउँदको समयमा स्थानीयले गाडीबाट पानी ल्याउने बाध्यता भोगिरहेका छन् भने केही स्थानमा अझै पनि कुवा र पँधेरोबाट पानी ल्याउने गरिएको छ । कालीगण्डकी गाउँपालिकाका माथिल्लो बस्तीका बासिन्दाले हिउँदमा गाडीबाट पानी ल्याउने समस्या रहेको छ, जसलाई यस आर्थिक वर्षमा समाधान गर्ने योजना गरिएको छ ।

 

यस्तो छ नगरपालिका र गाउँपालिकाहरूको स्थितिः

 

  • मुसीकोट नगरपालिकाः ७ हजार ९९ घरधुरीमध्ये ५ हजार ६४० घरधुरीमा एक घर एक धारा पुगेको छ । नगरप्रमुख जीवन खरेलका अनुसार, यस आर्थिक वर्षमा सबै घरधुरीमा धारामार्फत खानेपानी पु¥याइने योजना छ ।

 

  • रेसुङ्गा नगरपालिकाः वडा नं १४, पराल्मीमा १५३ घरधुरी र वडा नं ५, भुवनपानीमा ३८० घरधुरीमा एक घर एक धारा जडान गरिएको छ ।

 

  • धुर्कोट गाउँपालिकाः ५ हजार ३८२ घरधुरीमध्ये ४ हजार ८ सय घरधुरीमा एक घर एक धारा पुगेको छ । बाँकी घरधुरीमा आगामी आवभित्र एक घर एक धारा पु¥याउने लक्ष्य रहेको छ ।

 

  • इस्मा गाउँपालिकाः ५ हजार घरधुरीमध्ये ३ हजार २४२ घरधुरीमा धारा पुगेको छ । बाँकी घरधुरीमा पनि एक घर एक धारा पु¥याउने प्रक्रियामा छ ।

 

  • गुल्मीदरबार गाउँपालिकाः ५ हजार ५ सय घरधुरीमध्ये ३ हजार ४१२ घरधुरीमा एक घर एक धारा सुविधा पुगेको छ ।

 

  • कालीगण्डकी गाउँपालिकाः ३ हजार ५ सय घरधुरीमध्ये २ हजार ३०८ घरधुरीमा एक घर एक धारा पुगेको छ । आगामी दुई वर्षमा सबै घरमा एक घर एक धारा पुग्ने योजना छ ।

 

  • चन्द्रकोट गाउँपालिकाः ५ हजार १ सय घरधुरीमध्ये ४ हजार ८ सय १ घरधुरीमा एक घर एक धारा पुगेको छ ।

 

  • सत्यवती गाउँपालिकाः ५ हजार १६९ घरधुरीमध्ये ४ हजार ५ सय ९४ घरधुरीमा एक घर एक धारा पुगेको छ ।

 

  • मालिका गाउँपालिकाः ५ हजार घरधुरीमध्ये ३ हजार ५ सय घरधुरीमा एक घर एक धारा पुगेको छ ।

 

  • रुरुक्षेत्र गाउँपालिकाः ४ हजार ५४२ घरधुरीमध्ये ३ हजार १६९ घरधुरीमा एक घर एक धारा पुगेको छ ।

 

  • छत्रकोट गाउँपालिकाः ५ हजार ४ सय ६२ घरधुरीमध्ये ४ हजार २४० घरधुरीमा धारा पुगेको छ।

 

  • मदाने गाउँपालिकाः ५ हजार २५३ घरधुरीमध्ये ३ हजार ५१७ घरधुरीमा धारा पुगेको छ ।
     
​​मेयरसापमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए writeto.mayorsap@gmail.com मा पठाउनु होला।

तपाईंको प्रतिक्रिया

सम्बन्धित खबर

ट्रेन्डिङ

ताजा अपडेट

सूचना, सचेतना, सहकार्य !

 

थप जानकारी

सूचना विभाग दर्ता न.: 4705-2081/2082

प्रेस काउन्सिल नेपाल सूचीकरण न.:-४६९९-२०८१/०८२ 

समाचार

महत्वपूर्ण लिंक

सम्पर्क

© 2025 mayorsap.com | सर्वाधिकार सुरक्षित

Developed with ❤️ by Clock b Business Technology