मेयरसाप

स्थानीय तह

काठमाडौं महानगरपालिका

बालेन शाह

पोखरा महानगरपालिका

विद्यालय

उपनिर्वाचन

जब १८ वर्षीया महिलाले सानीभेरी गाउँपालिका अस्पतालमा तीन बच्चाको जन्म दिइन्

चौरजहारी नगरपालिका १४ घर भइ हाल सानीभेरी गाउँपालिका ८ स्थित माइती घरमा बस्दै आएकी १८ वर्षीया कौशिला पुनले तिम्ल्याह बच्चा जन्माएकी हुन ।

Mayorsap

मंगल, भदौ ११, २०८१ | १६:३० बजे

रुकुमपश्चिमको सानीभेरीमा रहेको गाउँपालिका अस्पतालमा एक महिलाले १८ वर्षको उमेरमा तीन जना बच्चाको जन्म दिएकी छन । चौरजहारी नगरपालिका १४ घर भइ हाल सानीभेरी गाउँपालिका ८ स्थित माइती घरमा बस्दै आएकी १८ वर्षीया कौशिला पुनले तिम्ल्याह बच्चा जन्माएकी हुन । 

अस्पतालका स्टाफ नर्स अम्बिका ओलीका अनुसार आज (मंगलबार) बिहान ८:१५, ८:३७ र ९:०० बजे पुनले तीन बच्चा जन्माएकी हुन । जन्मिएका नवजात शिशु दुई छोरी र एक छोरा रहेका छन। स्टाफ नर्स ओलीका अनुसार पुनले समय पुरा नहुँदै (करिब २८ हप्तामै)  तीन बच्चाको जन्म दिएकी छ्न । सामान्यतया ४० हप्ताको अवधिमा बच्चाको जन्म हुने आँकलन गरिएको हुन्छ।  


सुत्केरी व्यथा लागेर आफै अस्पताल पुगेकि पुनको स्वास्थ्य अवस्था भने सामान्य रहेको छ। सुरुमा जन्मिएका दुई छोरीको अवस्था सामान्य र तौल एक किलो रहेको छ भने अन्तिममा जन्मिएका छोराको तौल नौ सय ग्राम मात्र रहेको छ। तौल पनि कम र श्वासप्रश्वासमा केही समस्या देखिएपछि बच्चालाई अक्सिजनसहित सुविधासम्पन्न अस्पतालमा आवश्यक समन्वय गरेर पठाइएको छ ।  

स्टाफ नर्स ओलीका अनुसार गाउँपालिका अस्पताल स्थापना भएयता तिम्ल्याह बच्चा जन्मिएको पहिलो पटक हो। 

तपाईंको प्रतिक्रिया

सम्बन्धित खबर

ट्रेन्डिङ

ताजा अपडेट

सूचना, सचेतना, सहकार्य !

 

थप जानकारी

सूचना विभाग दर्ता न.: 4705-2081/2082

अध्यक्ष : Pradip Khadka

डेस्क इडिटर: 

समाचार

महत्वपूर्ण लिंक

सम्पर्क

© 2024 mayorsap.com | सर्वाधिकार सुरक्षित

Developed with ❤️ by Clock b Business Technology