५८औँ अन्तर्राष्ट्रिय साक्षरता दिवस मनाउन देशभरका स्थानीय तहलाई निर्देशन

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयअन्तर्गतको शिक्षा तथा मानव स्रोत विकास केन्द्रले ५८औँ अन्तर्राष्ट्रिय साक्षरता दिवस मनाउन भन्दै देशभरका स्थानीय तहलाई पत्राचार गरेको हो ।

No Author Assigned | २०८१ भदौ १२ गते ०२:०६
Image of storage/news/1724810781.jpg

देशभरका ७५३ वटै स्थानीय तहलाई ५८औँ अन्तर्राष्ट्रिय साक्षरता दिवस मनाउन पत्राचार गरिएको छ । यही भदौ ९ गते शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयअन्तर्गतको शिक्षा तथा मानव स्रोत विकास केन्द्रले ५८औँ अन्तर्राष्ट्रिय साक्षरता दिवस मनाउन भन्दै देशभरका स्थानीय तहलाई पत्राचार गरेको हो ।  

निर्देशक निलकण्ठ ढकालको हस्ताक्षर रहेको पत्रमा भदौ २३ गते अन्तर्राष्ट्रिय साक्षरता दिवस मनाउन भनिएको छ । ५८औँ अन्तर्राष्ट्रिय साक्षरता दिवस ‘बहुभाषिक शिक्षाको प्रवर्द्धनः पारस्पारिक समझदारी र शान्तिको लागि साक्षरता’ भन्ने मूल नाराका साथ मनाउन भनिएको छ ।  

साथै केन्द्रले स्थानीय तहसँगै सातवटै प्रदेशअन्तर्गत शिक्षा हेर्ने मन्त्रालय र ७७ वटै शिक्षा विकास तथा समन्वयन एकाइलाई पनि पत्र पठाएर यही भदौ २३ गते अन्तर्राष्ट्रिय साक्षरता दिवस मनाउन भनिएको छ । 


Facebook Comments