Ad Image

धुलिखेल नगरपालिका नेपालकै पहिलो ‘स्वस्थ सहर’ घोषित

No Author Assigned | १० महिना अगाडि
Image of storage/news/1724912051.jpg

काभ्रेपलाञ्चोकको धुलिखेल नगरपालिका नेपालकै पहिलो ‘स्वस्थ सहर’ घोषित भएको छ। विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) का प्रतिनिधि सुभागी गुडले मंगलबार भर्चुअल बैठकमार्फत धुलिखेललाई एसियाको दोस्रो स्तर र नेपालको पहिलो स्वस्थ सहरका रूपमा घोषणा गरेका छन ।

 

धुलिखेल नगरपालिकाले २०७५ सालदेखि सुरु गरेको स्वस्थ सहर बनाउने अभियानका लागि २०७८ सालदेखि डब्लुएचओले अनुगमन सुरु गरेको थियो। निरन्तर दुई वर्षको अनुगमनपछि धुलिखेलले ६५.४८ अंक प्राप्त गरी एसिया स्तरमा डब्लुएचओको हेल्दी सिटी नेटवर्कमा आबद्ध भएको छ।

 

स्वस्थ सहरको रूपमा घोषित भएपछि नगरपालिकाले पाँच हजार अमेरिकी डलरको पुरस्कार प्राप्त गरेको छ। औपचारिक प्रमाणपत्र भने आगामी नोभेम्बर अन्तिम साता विशेष समारोहमा प्रदान गरिनेछ।

 

धुलिखेल नगरपालिकाले स्वस्थ सहर अभियान अन्तर्गत बस्ती स्तरमा महिला स्वास्थ्य स्वयंसेविकाको नेतृत्वमा समिति गठन, क्षयरोगमुक्त अभियान, पारदर्शिताका लागि ड्यासबोर्ड कार्यक्रम सञ्चालन, स्वास्थ्य शिविर, र नागरिकको डिजिटल स्वास्थ्य प्रोफाइल निर्माण जस्ता कार्यक्रमहरू सफलतापूर्वक सञ्चालन गर्दै आएको छ।