डुडुवा गाउँपालिकामा नैतिक शिक्षा र संस्कारको पाठ्यक्रम सुरु
गाउँपालिकाका अध्यक्ष नरेन्द्रकुमार चौधरीका अनुसार यो पहलले शिक्षक र विद्यार्थीबीचको आपसी माया, सम्मान, र अनुशासन बढाउँदै गाउँमा नैतिकवान् वातावरण सृजना गरेको छ।
Mayorsap
शनि, भदौ १५, २०८१ | ०९:४३ बजे
बाँकेको डुडुवा गाउँपालिकाले बालबालिकालाई सानै उमेरदेखि नैतिकता र संस्कार सिकाउन स्थानीय पाठ्यक्रम तयार गरेर पठनपाठन सुरु गरेको छ।
गाउँपालिकाका अध्यक्ष नरेन्द्रकुमार चौधरीका अनुसार यो पहलले शिक्षक र विद्यार्थीबीचको आपसी माया, सम्मान, र अनुशासन बढाउँदै गाउँमा नैतिकवान् वातावरण सृजना गरेको छ।
भारतीय सीमावर्ती पालिका भएकाले गाउँपालिकाले राष्ट्रियता र देशभक्तिको भावना समेत जगाउने नीति अपनाएको छ।