सप्तरीका तीन स्थानीय तहले ल्याउन सकेनन् बजेट
राजविराज नगरपालिका, हनुमाननगर कंकालिनी नगरपालिका, र डाकनेश्वरी नगरपालिकाले निर्धारित समयमा बजेट ल्याउन सकेको छैन । आन्तरिक किचलो, आपसी मनमुटाव, जनप्रतिनिधिहरुको बेवास्ता र व्यस्तताको कारण ती पालिकाहरुलाई बजेट ल्याउन कठिनाइ भएको दावी गरिएको छ ।
Mayorsap
आइत, भदौ १६, २०८१ | १६:१४ बजे
सप्तरीको १८ स्थानीय तहमध्ये तीन पालिकाले तोकिएको समयमा बजेट नीति तथा कार्यक्रम ल्याउन सकेका छैनन् ।
राजविराज नगरपालिका, हनुमाननगर कंकालिनी नगरपालिका, र डाकनेश्वरी नगरपालिकाले निर्धारित समयमा बजेट ल्याउन सकेको छैन । आन्तरिक किचलो, आपसी मनमुटाव, जनप्रतिनिधिहरुको बेवास्ता र व्यस्तताको कारण ती पालिकाहरुलाई बजेट ल्याउन कठिनाइ भएको दावी गरिएको छ ।
स्थानीय सरकार सञ्चालन ऐन २०७४ अनुसार असार १० गतेभित्र बजेट नीति तथा कार्यक्रम ल्याउनुपर्ने व्यवस्था छ । स्थानीय सरकार सञ्चालन ऐन २०७४ को दफा ७१ को उपदफा ९१० तथा अन्तर सरकार वित्त व्यवस्थापन ऐन २०७४ को दफा २१ को उपदफा ९३० ले गाउँ कार्यपालिका र नगर कार्यपालिकाले आगामी आर्थिक वर्षको लागि असार १० गतेभित्र राजश्वर र व्ययको अनुमान सम्वन्धित गाउँ र नगरसभामा पेश गरी स्वीकृत भएपश्चात् मात्र खर्च गर्नुपर्ने व्यवस्था गरेको छ ।