चौरजहारी नगरपालिका: प्रधानमन्त्री रोजगार कार्यक्रममा ३% मात्र युवाले पाए रोजगारी
No Author Assigned | १० महिना अगाडि
रुकुमपश्चिम, चौरजहारी नगरपालिका— प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत गत आर्थिक वर्ष २०८०/८१ मा सूचीकृत युवाहरू मध्ये ३.१३ प्रतिशतले मात्र रोजगारी पाएका छन्। तीन हजार ३२२ जनामा १०१ जनाले मात्र रोजगार अवसर प्राप्त गरेको नगरपालिकाले जनाएको छ। बाँकी ९६.८६ प्रतिशत अर्थात् तीन हजार १२१ जना युवाहरू बेरोजगार नै रहे।
चौरजहारी नगरपालिकाका रोजगार संयोजक कृष्णप्रसाद शर्माका अनुसार २५ वटा योजनामा सहभागी १०१ जनाले ९० दिन बराबरको रोजगारी पाएका छन्, जसमा उनीहरूले प्रतिदिन ६६८ रुपैयाँका दरले ज्याला प्राप्त गरेका छन्। प्राप्त ८४ लाख १८ हजार रुपैयाँ बजेटमध्ये ९८.१० प्रतिशत रकम खर्च भएको छ।
त्यस्तै, मुख्यमन्त्री रोजगार कार्यक्रमअन्तर्गत २१९ जनाले रोजगारी पाएका छन्। १४ वटा आयोजनामार्फत ६६ दिन औसत रोजगारी प्राप्त गरेका उनीहरूले प्रतिदिन ८७० देखि १,१५५ रुपैयाँसम्म ज्याला पाएका छन्। दुई करोड ११ लाख बजेटमध्ये ९९.९७ प्रतिशत खर्च भएको छ।