मेयरसाप

स्थानीय तह

काठमाडौं महानगरपालिका

बालेन शाह

पोखरा महानगरपालिका

विद्यालय

उपनिर्वाचन

जनकपुरधामको मिथिला विहारी प्राथमिक विद्यालयको नाजुक अवस्था: विद्यार्थी संख्यामा गिरावट

जनकपुरधाम उपमहानगरपालिका–२, पुलचोकमा रहेको मिथिला विहारी प्राथमिक विद्यालय ३४ वर्षदेखि सञ्चालनमा आए पनि अहिले नाजुक अवस्थामा पुगेको छ। भौतिक संरचनाको जीर्णावस्थाका कारण विद्यार्थी संख्यासमेत कम हुँदै गएको छ।

Mayorsap

मंगल, भदौ २५, २०८१ | ११:३५ बजे

जनकपुरधाम उपमहानगरपालिका–२, पुलचोकमा रहेको मिथिला विहारी प्राथमिक विद्यालय ३४ वर्षदेखि सञ्चालनमा आए पनि अहिले नाजुक अवस्थामा पुगेको छ। भौतिक संरचनाको जीर्णावस्थाका कारण विद्यार्थी संख्यासमेत कम हुँदै गएको छ।

 

२०४७ सालमा स्थापित यस विद्यालयमा हाल १५० विद्यार्थी दर्ता भए पनि नियमित रूपमा २० मात्र आउने गरेका छन्। विद्यालयको भवन पुरानो र जीर्ण रहेको छ, जसका कारण कक्षाकोठामा भ्वाङसमेत परेको छ। खोलाको डिलमा रहेको विद्यालयमा पर्खाल नहुँदा बालबालिका दुर्घटनाको जोखिममा छन्।

 

विद्यालयमा तीन वटा कक्षाकोठामध्ये एक कक्षाकोठा बरन्डामा सञ्चालन हुँदै आएको छ भने कक्षाकोठा अभावमा बालविकास कक्षा सञ्चालन हुन सकेको छैन। प्रधानाध्यापक गीता यादवले मन्दिरको अधीनमा रहेको विद्यालयको जग्गा व्यवस्थापन नहुनु नै विद्यालयको मुख्य समस्या भएको बताइन्।

 

जनकपुरधाम उपमहानगरपालिकाका शिक्षा शाखा प्रमुख मञ्जु पाण्डेले विद्यालयको अवस्थालाई सुधार गर्न योजना बनिरहेको बताइन्। विद्यालयलाई समायोजन गरेर विद्यार्थीलाई सुविधाजनक बनाउने प्रयास भइरहेको जानकारी दिइन्।

 

विद्यालयमा महिला प्रधानाध्यापकदेखि शिक्षकसम्म सात जना महिला शिक्षिका कार्यरत छन्।

तपाईंको प्रतिक्रिया

सम्बन्धित खबर

ट्रेन्डिङ

ताजा अपडेट

सूचना, सचेतना, सहकार्य !

 

थप जानकारी

सूचना विभाग दर्ता न.: 4705-2081/2082

अध्यक्ष : Pradip Khadka

डेस्क इडिटर: 

समाचार

महत्वपूर्ण लिंक

सम्पर्क

© 2024 mayorsap.com | सर्वाधिकार सुरक्षित

Developed with ❤️ by Clock b Business Technology