काठमाडौं महानगरले श्रम बैंकमार्फत ८५७ जनालाई रोजगारी प्रदान गर्यो
काठमाडौं महानगरपालिकाले आर्थिक वर्ष ०८०/८१ मा श्रम बैंकमार्फत ८५७ जनालाई रोजगारी दिएको जनाएको छ।
Mayorsap
बुध, भदौ २६, २०८१ | ११:५० बजे
काठमाडौं महानगरपालिकाले आर्थिक वर्ष ०८०/८१ मा श्रम बैंकमार्फत ८५७ जनालाई रोजगारी दिएको जनाएको छ। ५२८ जनालाई महानगरपालिकाभित्र र ३२९ जनालाई निजी क्षेत्रमार्फत रोजगारी प्रदान गरिएको हो।
प्रशासन विभाग प्रमुख नमराज ढकालका अनुसार, प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत थप १ हजार जनालाई रोजगारी उपलब्ध गराइएको छ भने प्रदेश सरकारबाट शिफारिस भएका ७१ जना कर्मचारीलाई पदस्थापन गरिएको छ।
महानगरले वार्षिक समीक्षा कार्यक्रम काठमाडौं प्लाजास्थित सभाहलमा गरेको थियो।