Ad Image

नेपाली कांग्रेसले २१ स्थानीय तहलाई गर्‍यो सम्मान

No Author Assigned | ९ महिना अगाडि
Image of storage/news/1726207319.jpg

नेपाली कांग्रेसले संस्थागत क्षमता स्वमूल्यांकन (लिजा) मा उत्कृष्ट प्रदर्शन गर्ने २१ स्थानीय तहलाई बिहीबार सम्मान गरेको छ। पार्टी केन्द्रीय कार्यालयमा आयोजित समारोहमा पार्टी सभापति शेरबहादुर देउवा र अन्य पार्टी पदाधिकारीहरुले सम्मान प्रदान गरेका हुन्।

 

आर्थिक वर्ष २०७९–८० मा संस्थागत क्षमतामा उत्कृष्ट ठहरिएका चार गाउँपालिका र तीन नगरपालिका गरी सात स्थानीय तहलाई विशेष सम्मान दिइएको छ।

 

यस्तै, २०७९–८० मा सम्पन्न स्थानीय तह वित्तीय सुशासन जोखिम मूल्यांकनमा उत्कृष्ट प्रदर्शन गरेका चार गाउँपालिका र चार नगरपालिका गरी आठ स्थानीय तहलाई पनि सम्मान गरिएको छ।

 

महालेखा परीक्षकको वार्षिक प्रतिवेदनअनुसार कम बेरुजु भएका तीन गाउँपालिका र तीन नगरपालिका गरी ६ स्थानीय तहलाई पनि कार्यक्रममा सम्मान गरिएको छ।

 

सम्मान समारोहलाई सम्बोधन गर्दै कांग्रेस महामन्त्री गगन थापाले स्थानीय सरकारले जनतासँग गरेका बाचालाई इमान्दारपूर्वक पूरा गर्नुपर्नेमा जोड दिए। थापाले स्थानीय तहका प्रतिनिधिहरुले बाचाअनुसार काम गरेमा परिणाम आउन नआउन सम्बन्धित जनप्रतिनिधिको कर्तव्य र धर्म भएको बताए।

 

उनले जनप्रतिनिधिहरुलाई चोकचौतारीमा बस्दै आरोप लगाउनुको सट्टा आफ्ना प्रतिनिधिहरुले गरेका कामहरुको अनुगमन र निगरानीमा ध्यान दिनुपर्ने सुझाव दिए।