लेखापरीक्षक नियुक्तिमा अनियमितता गरेको आरोप
नेपाल अडिटर्स एसोसिएसन सप्तरीका अध्यक्ष विश्वनाथ देवले हनुमाननगर कंकालिनी नगरपालिकाले लेखापरीक्षक नियुक्तिमा अनियमितता गरेको आरोप लगाएका छन् ।
Mayorsap
शुक्र, असोज ४, २०८१ | ११:४४ बजे
नेपाल अडिटर्स एसोसिएसन सप्तरीका अध्यक्ष विश्वनाथ देवले हनुमाननगर कंकालिनी नगरपालिकाले लेखापरीक्षक नियुक्तिमा अनियमितता गरेको आरोप लगाएका छन् । एसोसिएसनद्वारा राजविराजमा बिहीवार आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले यस्तो आरोप लगाएका हुन् ।
पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष देवले शिक्षा शाखा प्रमुख हरिनारायण साहले अबैध लाभ लिएर जिल्ला बहिराको लेखापरीक्षकलाई नियुक्ति दिने गरेको आरोप लगाए । “शिक्षा शाखा प्रमुख साहले अबैध फाईदा लिएर बाहिराबाट लेखापरीक्षक नियुक्त गरी जिल्लाबासीको हक खोस्न लागेको छ” अध्यक्ष देवले भने,”यो निरन्तर तीनबर्षदेखी जारी छ, यस बारे मेयर साप र प्रमुख प्रशासकीय अधिकृतलाई पटकपटक ध्यानाकर्षण गराउँदा समेत सुनुवाइ भएन।”
स्थानीय सरकार संचालन ऎन तहत स्थानीयले लेखापरीक्षणका लागि पहिलो प्राथमिकता पाउनुपर्ने जिकिर गर्दै उनले नगरपालिकाले काखापाखा गर्दा आफुहरु सार्है अन्यायमा परेको बताए । उनले व्यक्तिगत फाइदा उठाएरर लेखापरीक्षक नियुक्त गर्ने शिक्षा अधिकृत साह माथी छानबिन गरी कारबाही गर्न माग गरे ।
बाहिरबाट लेखापरीक्षक नियुक्त गर्दा सप्तरीका लेखापरीक्षकहरु बेरोजगार भएको बताउँदै उनले उक्त लेखापरीक्षक नियुक्त रद्द गरी स्थानीयलाई नियुक्त गर्नुपर्नेमा जोड दिए । उनले मनपर्दी रुपमा गरिएको लेखापरिक्षक नियुक्त रद्द नगरे चरणबद्व आन्दोलन गर्न बाध्य हुने चेतावनी समेत दिए ।
नेपाल अडिटर्स एसोसिएसन मधेश प्रदेश उपाध्यक्ष सुदम्वर यादवले स्थानीय तहले लेखापरीक्षक नियुक्तिमा काखपाखा गरे सहय नहुने बताए । उनले सामुदायिक मावि स्तरका विद्यालय बाहिरकालाई दिने र निजी तथा प्राथमिक स्तरमा न्यून नियुक्त गरी कामै नदिएको भन्दै आक्रोश पोखे ।
उपाध्यक्ष यादवले स्थानीय सरकार संचालन ऎनमा समेत स्थानीयलाई ग्राहयता दिनुपर्नेमा हनुमाननगर कंकालिनी नगरपालिकाले अनियमित रुपमा नियुक्त गरीएका लेखापरीक्षक सम्बन्धमा सप्तरीका सम्पुर्ण संचारकर्मी, नगरका सम्पुर्ण राजनीतिक दल, समाजसेवी एवम् बुद्धिजीवी बर्गसंग आबश्यक छानबिन गरी कडाभन्दा कडा कारबाहीको लागि अपिल समेत गरे ।
पत्रकार सम्मेलनमा एसोसिएसनका उपाध्यक्ष विहारी यादव, सचिब जबहारलाल देव,कोषाध्यक्ष बैद्यनाथ देव, सदस्य ब्रहमनारायण देवलगायतका समेत उपस्थिति रहेको थियो । शिक्षा अधिकृत साहले नगरपालिकाले माग गरेको आवेदन अनुसार निवेदन परेका मध्यबाटै सम्पुर्ण प्रक्रिया पुर्याएर लेखापरीक्षक नियुक्त गरेको दावी गर्दै आफुमाथी लगाएका सम्पुर्ण आरोप निरधार रहेको बताए ।