स्थानीय तहको सङ्ख्या घटाउनुपर्ने: डा. स्वर्णिम वाग्ले

संविधान दिवसको अवसरमा पार्टीले आयोजना गरेको ‘संविधान मन्थन’ कार्यक्रममा बोल्दै वाग्लेले हालका ७५३ स्थानीय तहलाई एकीकृत गरी ५०० भन्दा कम बनाउनु पर्ने धारणा राखे।

No Author Assigned | २०८१ असोज ४ गते ०२:५६
Image of storage/news/1726800997.jpg

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उपसभापति डा. स्वर्णिम वाग्लेले संविधानको मर्म अनुसार स्थानीय तह र प्रदेश सरकारले प्रभावकारी काम गर्न नसकेको बताएका छन्। 

 

संविधान दिवसको अवसरमा पार्टीले आयोजना गरेको ‘संविधान मन्थन’ कार्यक्रममा बोल्दै वाग्लेले हालका ७५३ स्थानीय तहलाई एकीकृत गरी ५०० भन्दा कम बनाउनु पर्ने धारणा राखे । उनका अनुसार, बलियो र सुदृढ संघीय सरकारका लागि स्थानीय तहहरूको सङ्ख्या घटाई शिक्षाको दृष्टिकोणबाट पनि मर्ज गरेर अगाडि बढ्न उपयुक्त हुने बताए। 

 

साथै, प्रदेश तहमा समन्वयकारी र छरितो निकाय निर्माण गर्नुपर्नेमा पनि जोड दिए। उनले संघीयताको अभ्यास हुँदै आएको भए पनि काम, कर्तव्य र अधिकारको स्पष्टता नहुँदा अन्यौलता सिर्जना भएको धारणा व्यक्त गरे।


Facebook Comments