मेयरसाप

स्थानीय तह

काठमाडौं महानगरपालिका

धरान उपमहानगरपालिका

स्वास्थ्य क्लिनिक

पहिरो

भरतपुर महानगरपालिका

चाडपर्व लक्षितगर्दै बजार अनुगमनमा तीव्रता

अनुगमन टोलीले बेदिका इन्क प्रा. लि. (शाखा) का.म.न.पा -३१ स्थित नयाँ बानेश्वरमा रहेको जिम्बु थकाली रेष्टुरेन्टमा अनुगमन गर्दा पिउने पानीको बोत्तलमा MRP भन्दा बढी लिई बिक्री वितरण गरिएको पाइएकोले उपभोक्ता संरक्षण ऐन,२०७५ को दफा १६ उप दफा(२) को खण्ड (क) बमोजिम अनुचित व्यवसायजन्य क्रियाकलाप गरेकोले उक्त व्यावसायिक फर्मलाई रु तिन लाख जरिवाना

Mayorsap, Bibek Mandal

बुध, असोज ९, २०८१ | १५:०९ बजे

 

काठमाण्डौं 

असोज ०९ गते,

वाणिज्य,आपूर्ति तथा उपभोक्ता संरक्षण समितिले चाडपर्वलाई लक्षित गर्दै  बजार अनुगमन कार्यलाई तीव्रता दिएको छ । बजार अनुगमन टोली उपत्यकाका विभिन्न क्षेत्रमा परिचालन गरिएसंगै विभिन्न ब्यापारी तथा उद्योगीहरु कारवाहीमा समेत परेका छन् ।

काठमाण्डौं महानगरपालिकाको कृषि तथा पशुपन्छी विभागको विभागीय प्रमुख नुरनिधि न्यौपानेका  अनुसार "पानी स्वच्छ नहुनु, पानीको जार गुणस्तरहीन हुनु , अखाद्य वस्तु भेटिनु , म्याद गुज्रेको वस्तु हरु भेटिनु जस्ता क्रियाकलापले विभागले बाध्य भएर अनुगमन कार्यलाई तीव्रता दिएको हो" । पानी उद्योगी, ढुवानिकर्ता तथा वितरकले पानीको बिक्री वितरणलाई प्रभावकारी नबनाएकोले वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले मिति २०८१-०६-०८ गते मंगलबारका दिन विभिन्न उद्योग,फर्महरुको अनुगमन निरीक्षण गर्दा उपभोक्ता संरक्षण ऐन,२०७५ तथा उपभोक्ता संरक्षण नियमवाली,२०७६ बमोजिम आवश्यक निर्देशन तथा कारबाही गरिएको बताउनु भयो । उक्त दिन विभिन्न उद्योग र फर्म गरी जम्मा ३३ वटा लाई निर्देशन तथा कारबाही गरिएको प्रेस विज्ञप्तिमा उल्लेख छ ।

बजार अनुगमनको क्रममा खटिएको अनुगमन टोलीले बेदिका इन्क प्रा. लि. (शाखा) का.म.न.पा -३१ स्थित नयाँ बानेश्वरमा रहेको जिम्बु थकाली रेष्टुरेन्टमा अनुगमन गर्दा पिउने पानीको बोत्तलमा MRP भन्दा बढी लिई बिक्री वितरण गरिएको पाइएकोले उपभोक्ता संरक्षण ऐन,२०७५ को दफा १६ उप दफा(२) को खण्ड (क) बमोजिम अनुचित व्यवसायजन्य क्रियाकलाप गरेकोले उक्त व्यावसायिक फर्मलाई रु ३,००,००० जरिवाना गरेको थियो, साथै उप्रान्त कुनै पनि होटल व्यवसाय,रेस्टुरेन्ट लगायतले शिलबन्दी गरिएको खाद्य तथा पेय पदार्थ वा बोतल उपलब्ध गराउँदा MRP मा तोकिएको मूल्यमा बिक्री गर्नु हुन अन्यथा प्रचलित कानून बमोजिम कारबाही हुने कुरा प्रेस विज्ञप्तिमा जारी गरेको छ ।

काठमाडौं महानगरपालिका को सूचना अनुसार यस क्षेत्र भित्र संचालित खुद्रा तथा थोक बिक्री स्थल (पसल) बाट वितरण गरिने बस्तु तथा सेवाहरुको सम्बन्धमा देहाय बमोजिम गर्न/ गराउन संबद्ध सबै व्यवसायीलाई सुचना जारी गरेको छ ।

उक्त सुचनामा भनिएको व्यहोरा देहायअनुसार छ ।

१. मूल्य सूची बनाएर पसलको अग्रभागमा सबैले देख्ने गरी राख्नुपर्छ ।

२. अङ्कित अधिकतम मूल्य (MRP) भन्दा बढी मूल्यमा बिक्री वितरण नगर्ने सुनिश्चित गर्नुपर्छ ।

३. उपभोग गर्ने अवधि (Non Expiry Date) बाँकी भएको मालसामान मात्र बिक्री वितरण गर्नुपर्छ ।

४. खाद्य, पेय तथा अन्य वस्तुको गुणस्तर, शुद्धता र स्वच्छता कायम गर्नुपर्छ ।

अनुगमनका क्रममा माथि उल्लिखित अवस्था विपरीत कसैले कुनै वस्तु वा सेवा बिक्री वितरण गरेको पाइएमा, उजुरी परेमा वा गुनासो प्राप्त भएमा यस कार्यालयबाट खटिने अनुगमन टोलीका सदस्य वा कार्यालयबाट प्रचलित कानुनबमोजिम कारबाही गरिने व्यहोरा समेत यसै सूचना मार्फत सूचित गरिन्छ । साथै, स्वच्छ, गुणस्तर तथा सुपथ सामान प्राप्त गर्न सबै उपभोक्ताहरूलाई उल्लेख गरिएको अवस्था जाँचेर मात्र सामान, वस्तु तथा सेवा खरिद गर्नुहुन अनुरोध गरिएको छ ।

केही समस्या परे वा उजुरीको लागि ११८० मा सम्पर्क गर्न सूचनामा उलेखित् छ ।

नेपाल उद्योग वाणिज्य महासंघका सदस्यले दिनुभएको अनुसार साना व्यवसाय,घरेलु उद्योगलाई अधिकांश जानकारी नहुँदा विभिन्न समस्या हरु आइपरेको टिप्पणी गर्नु भयो ।

सम्बन्धित निकायलाई मेयरसाप डट कम को  प्रश्न “चाडबाडको बेला मात्र अनुगमनलाई तीव्रता दिने कि सधैं अनुगमन तथा कारबाही गर्ने ?”

तपाईंको प्रतिक्रिया

सम्बन्धित खबर

ट्रेन्डिङ

ताजा अपडेट

सूचना, सचेतना, सहकार्य !

 

थप जानकारी

सूचना विभाग दर्ता न.: 4705-2081/2082

प्रेस काउन्सिल नेपाल सूचीकरण न.:-४६९९-२०८१/०८२  

अध्यक्ष : Pradip Khadka

डेस्क इडिटर: 

समाचार

महत्वपूर्ण लिंक

सम्पर्क

© 2024 mayorsap.com | सर्वाधिकार सुरक्षित

Developed with ❤️ by Clock b Business Technology