मेयरसाप

स्थानीय तह

पहिरो

काठमाडौं महानगरपालिका

स्वास्थ्य क्लिनिक

धरान उपमहानगरपालिका

बाढी

काठमाण्डौं महानगरपालिकाद्वारा 'साथी महानगर कार्यक्रम' योजना सार्वजनिक

अपाङ्गता भएका व्यक्ति , जोखिममा परेको बालबालिका, दलित विपन्न , वरिष्ठ जेष्ठ नागरिक, लैंगिक हिंसा पीडित परेका व्यक्तिलाई अति समस्या परेमा सहयोगको लागि महानगर सधैं तत्पर रहने

Mayorsap,विवेक मण्डल

बिही, असोज १०, २०८१ | १९:१९ बजे

काठमाण्डौं 

असोज १० गते ,

काठमाडौं महानगरपालिका ले स्वर्णिम योजना अन्तर्गत साथी महानगर कार्यक्रम कार्यान्यवनमा ल्याएको छ ।

सामाजिक विकास विभागका सहायक निर्देशक रेखा उपाध्यय को अनुसार अपाङ्ग भएको व्यक्ति , जोखिम मा परेको बालबालिका , दलित विपन्न , जेष्ठ नागरिक, लैंगिक हिंसा पीडित  परेको व्यक्तिहरुको लागी उक्त कार्यक्रम कार्यान्वयनमा ल्याएको बताउनु भयो । साथै बाल शोषण,जोखिमको बेला चाहिने आकस्मिक सेवाका लागि काठमाडौं महानगरपालिका सधैं साथ दिने प्रतिबद्धता जनाउनु भयो ।

उक्त सूचना अनुसार आ. व. २०८१/०८२ मा काठमाडौं महानगरपालिकाले महानगरवासीको सुख दुःखमा साथ दिन लाई स्वर्णिम योजना अन्तर्गत साथी महानगर कार्यक्रम कार्यान्वयन ल्याएको छ । योजना अन्तर्गत अपाङ्गता भएका व्यक्ति , जोखिममा परेको बालबालिका, दलित विपन्न , वरिष्ठ जेष्ठ नागरिक, लैंगिक हिंसा पीडित परेका व्यक्तिलाई अति समस्या परेमा सहयोगको लागि महानगर सधैं तत्पर रहने छ ।

साथी महानगर कार्यविधि ,२०८१ मा उल्लेख भए बमोजिम कागजात सहित महानगरपालिकाको सामाजिक विकास विभागमा निवेदन दिन सहायक निर्देशक उपाध्ययले जानकारी दिनु भयो । साथै महानगर बाहेकको हकमा सम्बधित वडाको सिफारिश सहित कागजात सहित निवेदन आकस्मिक सेवामा जुन सुकै बेला पनि आकस्मिक नम्बर मा संपर्क गर्न अनुरोध गर्नु भएको छ । 

निवेदनको ढाँचा तथा प्रतिक्रिया दिइएको सूचनाको QR स्क्यान गरी प्राप्त गर्न सकिन्छ ।

विभागको सूचना यसै समाचारको साथ संकलन गरिएको छ ।

तपाईंको प्रतिक्रिया

सम्बन्धित खबर

ट्रेन्डिङ

ताजा अपडेट

सूचना, सचेतना, सहकार्य !

 

थप जानकारी

सूचना विभाग दर्ता न.: 4705-2081/2082

प्रेस काउन्सिल नेपाल सूचीकरण न.:-४६९९-२०८१/०८२  

अध्यक्ष : Pradip Khadka

डेस्क इडिटर: 

समाचार

महत्वपूर्ण लिंक

सम्पर्क

© 2024 mayorsap.com | सर्वाधिकार सुरक्षित

Developed with ❤️ by Clock b Business Technology