मेयरसाप

वडा अध्यक्ष

ढकारी गाउँपालिका

रमेश लेखक

रेणु दाहाल

दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले

मोरङका विभिन्न पालिकामा बाढीले एक सय बढी परिवार विस्थापित

मोरङको रंगेली नगरपालिका, विराटनगर महानगरपालिका, कटहरी गाउँपालिका, जहदा गाउँपालिका, र धनपालथान गाउँपालिकाका १०० भन्दा बढी परिवार विस्थापित भएका हुन ।

Mayorsap

शनि, असोज १२, २०८१ | ०९:१० बजे

मोरङ । मोरङ जिल्लामा अविरल वर्षासँगै आएको बाढी र डुबानका कारण १०० भन्दा बढी परिवार विस्थापित भएका छन्। 

 

प्रहरीको रेकर्डमा ९४ परिवार विस्थापित भएको उल्लेख भए पनि वास्तविक संख्या १०० भन्दा बढी रहेको छ। मोरङको रंगेली नगरपालिका, विराटनगर महानगरपालिका, कटहरी गाउँपालिका, जहदा गाउँपालिका, र धनपालथान गाउँपालिकाका  १०० भन्दा बढी परिवार विस्थापित भएका हुन । 

 


रंगेली नगरपालिका :
रंगेली नगरपालिका क्षेत्रमा बाढीले ठूलो प्रभाव पारेको छ। रंगेली नगरपालिका-२ लक्ष्मीपुरमा १६ परिवार र रंगेली नगरपालिका-९ मा डाँस खोलाको बाढीले २२ परिवार विस्थापित भएका छन्। रंगेलीमा कुल ४१ परिवार विस्थापित भएका छन्।

 

विराटनगर महानगरपालिका:
सिंघिया खोलामा आएको बाढीका कारण विराटनगर महानगरपालिका-२ मा ३ परिवार विस्थापित भएका छन्। प्रभावित परिवारहरू आफन्तको घरमा आश्रय लिएका छन्।

 

कटहरी गाउँपालिका :
कटहरी गाउँपालिका-१ बख्खु टोलमा बाढीका कारण ४ परिवार विस्थापित भएका छन्। उनीहरूलाई नारी विकास संघको भवनमा राखिएको छ।

 

जहदा गाउँपालिका:
जहदा गाउँपालिका-१ धुनी टोल सरबरीया बस्तीमा सिंघिया खोलाको बाढीले २५ घर डुबानमा परेका छन्। प्रभावित परिवारहरूलाई सुरक्षित स्थानमा सारिएको छ।

 

धनपालथान गाउँपालिका :
धनपालथान गाउँपालिका-३ बेतौना टोलमा मंगलबारे नहरको बाढीले २४ परिवार विस्थापित भएका छन्।
 

​​मेयरसापमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए writeto.mayorsap@gmail.com मा पठाउनु होला।

तपाईंको प्रतिक्रिया

सम्बन्धित खबर

ट्रेन्डिङ

ताजा अपडेट

सूचना, सचेतना, सहकार्य !

 

थप जानकारी

सूचना विभाग दर्ता न.: 4705-2081/2082

प्रेस काउन्सिल नेपाल सूचीकरण न.:-४६९९-२०८१/०८२  

अध्यक्ष : Pradip Khadka

डेस्क इडिटर: 

समाचार

महत्वपूर्ण लिंक

सम्पर्क

© 2024 mayorsap.com | सर्वाधिकार सुरक्षित

Developed with ❤️ by Clock b Business Technology