मेयरसाप

विद्यालय

विद्यालयका शौचालयसहितमा अनियमितता गर्ने तत्कालिन प्र.अ सहित तीन जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

जिल्लाको कन्चनरुप नपा २ स्थित शंकर माध्यमिक विद्यालय बरमझियाका तत्कालीन प्रअ दिलिपकुमार गुप्ता,शिक्षक हृदयराम चौधरी र विद्यालयका कर्मचारी श्रवण कुमार चौधरी बिरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मंगलबार विशेष अदालतमा मुद्दा दायर गरेको हो ।

Mayorsap,विवेक मण्डल

बिही, असोज १७, २०८१ | १४:१४ बजे

काठमाडौँ 
असोज १७ गते,
सप्तरीको कन्चनरुप नगरपालिकास्थित एक विद्यालयकाे शाैचालयसहितका भौतिक संरचना निर्माणमा अनियमितता गरेको भन्दै तत्कालीन प्रअसहित तीन जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ ।
जिल्लाको कन्चनरुप नपा २ स्थित शंकर माध्यमिक विद्यालय बरमझियाका तत्कालीन प्रअ दिलिपकुमार गुप्ता,शिक्षक हृदयराम चौधरी र विद्यालयका कर्मचारी श्रवण कुमार चौधरी बिरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मंगलबार विशेष अदालतमा मुद्दा दायर गरेको हो ।
आयोगले प्र.अ गुप्ताविरुद्ध आ.व २०७१/७२ मा विद्यालयको शौचालय निर्माणका लागि निकासा भएको बजेट हिनामिना गरेको,विद्यार्थीका नाममा आएको छात्रवृत्ति वितरण नगरी अनियमितता गरेको,आ.व २०७३/७४ मा राहत शिक्षकका लागि अनुदान वापत आएको रकम शिक्षक नराखी आफैं बुझेको,पाठ्य पुस्तक खरिदमा हिनामिना गरेकोलगायत विषयमा अनुसन्धान गरेको थियो । अनुसन्धानपछि मुद्दा  दायर गरिएको अख्तियारले जनाएको छ ।
प्रअ गुप्ताविरुद्ध रु ६ लाख ४९ हजार ९ सय १६ बिगो कायम गरी बिगो बमोजिम जरिवाना र हिनामिना भएको बिगो बमोजिमको रकम निजबाट असुल उपर गर्नुपर्ने माग दाबी अख्तियारले गरेको छ । शिक्षक हृदयराम चौधरीविरुद्ध रु ६२ हजार ५ सय ८३ र कर्मचारी श्रवणकुमार चौधरीविरुद्ध रु ५ लाख ८७ हजार ३ सय ३३ बिगो कायम गरी मुद्दामा दायर गरिएको अख्तियारले जनाएको छ।
उनीहरूले शौचालय निर्माणमा रु ६२ हजार ५ सय ८३, छात्रवृत्ति रकममा रु ३ लाख १० हजार ४००, पाठ्यपुस्तक खरिदका लागि बिनियोजित बजेटमा रु १ लाख २६ हजार २ सय ४७ र राहत शिक्षकको तलव भत्तामा रु १ लाख ५० हजार ६ सय ६८ हिनामिना गरेको पुष्टि भएपछि हिनामिना भएको रकमलाई बिगो कायम गरी भ्रष्टाचार मुद्दा दायर गरिएको अख्तियारले जनाएको छ ।

तपाईंको प्रतिक्रिया

सम्बन्धित खबर

ट्रेन्डिङ

ताजा अपडेट

सूचना, सचेतना, सहकार्य !

 

थप जानकारी

सूचना विभाग दर्ता न.: 4705-2081/2082

प्रेस काउन्सिल नेपाल सूचीकरण न.:-४६९९-२०८१/०८२  

अध्यक्ष : Pradip Khadka

डेस्क इडिटर: 

समाचार

महत्वपूर्ण लिंक

सम्पर्क

© 2024 mayorsap.com | सर्वाधिकार सुरक्षित

Developed with ❤️ by Clock b Business Technology