मेयरसाप

विद्यालय

बागलुङ नगरपालिकाद्वारा ‘क्लिन बागलुङ’अभियान सुरु

‘२०औं वर्षदेखि कालीगण्डकी र काठेखोलाका किनारमा रहेको खुद्रुकेमा फालिएको फोहोर व्यवस्थित गर्नुपर्छ भनेर हामीले काम थालेका छौं’,उनले भने,‘ल्यान्डफिल साइटमा थुपारिएको फोहोरलाई हामीले अन्यत्रै व्यवस्थापन गरेर त्यहाँ दुईवटा ट्रस्ट निर्माण गरेका छौं। अब त्यहाँ कुहिने र गनाउने फोहोर जाने छैनन्।’

Mayorsap,विवेक मण्डल

बिही, असोज १७, २०८१ | १२:०७ बजे

काठमाडौँ
असोज १७ गते,
बागलुङ नगरपालिकालाई सफा र सुन्दर बनाउने उद्देश्यले ‘क्लिन बागलुङ’अभियान सुरु गरिएको छ। नगरपालिकाले  एक कार्यक्रमबिच अभियानको सुरुवात गरेको हो। बागलुङमा बजारबाट निस्कने फोहोर व्यवस्थित गरी शून्य फोहोरमा रूपान्तरण गर्ने कार्यका लागि अभियान थालिएको नगरपालिकाले जनाएको छ ।
अभियानको सुरुवातसँगै नगरपालिकाले हरियो,रातो र नीलो गरी तीन प्रकारका बाल्टी नागरिकलाई वितरण गरेको छ। हरियो बाल्टीमा कुहिने वस्तु,नीलोमा प्लास्टिकजन्य र रातो बाल्टीमा सिसाजन्य वस्तुहरूको फोहोर वर्गीकरण गरेर नागरिकको घरबाटै फोहोर व्यवस्थापन गर्न सिकाउनका लागि अभियान थालिएको बागलुङ नगरपालिका प्रमुख वसन्तकुमार श्रेष्ठले बताए। ‘२०औं वर्षदेखि कालीगण्डकी र काठेखोलाका किनारमा रहेको खुद्रुकेमा फालिएको फोहोर व्यवस्थित गर्नुपर्छ भनेर हामीले काम थालेका छौं’,उनले भने,‘ल्यान्डफिल साइटमा थुपारिएको फोहोरलाई हामीले अन्यत्रै व्यवस्थापन गरेर त्यहाँ दुईवटा ट्रस्ट निर्माण गरेका छौं। अब त्यहाँ कुहिने र गनाउने फोहोर जाने छैनन्।’
सकेसम्म नागरिकका घरबाटै कमभन्दा कम फोहोर फाल्ने गरी व्यवस्थापन गर्न लागिएको उनले बताए। ‘तरकारीका बोक्रा र छिल्का, फालिएका खानेकुरा आदि कुहिने फोहोरलाई हरियो बाल्टिनमा राखेर सकेसम्म आफैं मलका रूपमा कौसी खेती वा अन्य खेतबारीमा प्रयोग गर्नुस् भनेका छौं’,उनी भन्छन्,‘त्यसो भयो भने ९० प्रतिशत फोहोर घरबाटै व्यवस्थापन हुन्छ। उहाँहरूले प्रयोग गर्न नसकेको कुहिने फोहोरलाई हरियो गाडीमा जम्मा गरेर कम्पोस्ट मल बनाउन उपयोग गर्छौं।’प्लास्टिकजन्य र अन्य पुनः प्रयोग हुने फोहोरलाई पनि सकेसम्म घरबाटै व्यवस्थापन गर्न नागरिकलाई सिकाइने उनले बताए।
नकुहिने र पुनः प्रयोगमा नआउने फोहोरलाई जलाउनका लागि कोरियन कम्पनीसँग सम्झौता भइसकेको उनले जानकारी दिए। ‘विशेष प्रविधिबाट वातावरणीय प्रदूषण नगरी फोहोर जलाउन मिल्ने मेसिन खरिदका लागि कोरियाको कम्पनीसँग हाम्रो एमओयु भइसकेको छ,त्यो मेसिन आउनुअगाडि नै हामीले बागलुङ मुख्य बजारभित्रका पाँच हजार घरमा १५ हजार बाल्टी वितरण गरी फोहोर व्यवस्थापन प्रक्रिया सिकाउँछौं’,उनले भने।
फोहोर व्यवस्थापन सचेतका लागि बागलुङ नगरपालिकाका कर्मचारीका अतिरिक्त प्रहरी र नेपाली सेनासमेत परिचालित हुनेछन्। ल्यान्डफिल साइटको फोहोर व्यवस्थापन गरी त्यहाँ ट्रस्ट निर्माणका लागि बागलुङ नगरपालिकाले एक करोड बजेट विनियोजन गरेर काम तीव्र बनाएको छ।

 

तपाईंको प्रतिक्रिया

सम्बन्धित खबर

ट्रेन्डिङ

ताजा अपडेट

सूचना, सचेतना, सहकार्य !

 

थप जानकारी

सूचना विभाग दर्ता न.: 4705-2081/2082

प्रेस काउन्सिल नेपाल सूचीकरण न.:-४६९९-२०८१/०८२  

अध्यक्ष : Pradip Khadka

डेस्क इडिटर: 

समाचार

महत्वपूर्ण लिंक

सम्पर्क

© 2024 mayorsap.com | सर्वाधिकार सुरक्षित

Developed with ❤️ by Clock b Business Technology