मेयरसाप

स्थानीय तह

काठमाडौं महानगरपालिका

स्वास्थ्य क्लिनिक

धरान उपमहानगरपालिका

पहिरो

भरतपुर महानगरपालिका

दुर्लभ घडियाल गोही मृत फेला

Mayorsap

बुध, असोज २३, २०८१ | १८:४० बजे

धनगढी, असोज २३ गते । दुर्लभ घडियाल गोही कैलालीमा मृत फेला परेको छ । टीकापुर नगरपालिका–७ बैदीस्थित मोहना नदीमा वयस्क घडियाल गोही मृत अवस्थामा भेटिएको हो । 

मृत्यु भएको घडियाल गोही पोथी रहेको संरक्षणकर्मी भोजराज ढुङ्गानाले जानकारी दिनुभयो । उहाँले घडियाल गोहीको मृत्यु हुनुको कारण यकिन हुन नसके पनि थुतुनोमा माछा मार्ने जाल चेँउढी अड्केको देखिएकाले त्यसले गर्दा मृत्यु भएको हुन सक्ने बताउनुभयो । “मृत्यु भएको घडियालको चुच्चोमा जाल अड्केको देखिएको छ”, उहाँले भन्नुभयो,“जाल अड्केपछि सम्भवत: खाना खान नपाएर गोही मरेको हो ।”

विश्व प्रकृति संरक्षण संघ (आइयुसीएन) ले सन २००७ देखि घडियाललाई रातो सूचीमा राखेको छ । अतिसङ्कटापन्न घडियाल कैलालीको मोहना, पथरैया, कर्णाली, कान्द्रा लगायतका नदीमा पाइने गरेका छन् । घडियाल गोहीले यहाँ प्राकृतिक रुपमा बच्चासमेत कोरल्ने गरेका छन् । 

 

श्रोत:- गोरखापत्र

तपाईंको प्रतिक्रिया

सम्बन्धित खबर

ट्रेन्डिङ

ताजा अपडेट

सूचना, सचेतना, सहकार्य !

 

थप जानकारी

सूचना विभाग दर्ता न.: 4705-2081/2082

प्रेस काउन्सिल नेपाल सूचीकरण न.:-४६९९-२०८१/०८२  

अध्यक्ष : Pradip Khadka

डेस्क इडिटर: 

समाचार

महत्वपूर्ण लिंक

सम्पर्क

© 2024 mayorsap.com | सर्वाधिकार सुरक्षित

Developed with ❤️ by Clock b Business Technology