सामाजिक सद्भाव कायम गर्दै पर्वहरू मनाउन काठमाडौं प्रशासनको अनुरोध (सूचनासहित )
सहायक प्रमुख जिल्ला अधिकारी अनिल पौडेलले जारी गरेको सूचनामा चाडपर्वको अवसरमा शान्ति सुरक्षामा असर पार्ने गरी सार्वजनिक स्थानमा होहल्ला एवं झै-झगडा गर्ने, मादक पदार्थ सेवन गरेर सामाजिक जनजीवन, मर्यादा र शान्ति खलल गर्ने काम नगर्न आग्रह गरिएकाे छ ।
Mayorsap,विवेक मण्डल
शुक्र, कार्तिक ९, २०८१ | ०९:५६ बजे
काठमाडौँ
कार्तिक ९ गते,
जिल्ला प्रशासन कार्यालय,काठमाडौँले दीपावली (तिहार),नेपाल संवत् तथा छठलगायत पर्व सामाजिक सद्भाव र भाइचारा कायम गरेर मनाउन अनुरोध गरेको छ ।