मेयरसाप

बजेट

विद्यालय

आन्दोलन

राजनीतिक दल

७५३ स्थानीय तहमै पठाइयो सहकारी ठगी सम्बन्धी प्रतिवेदन, कार्यान्वयन गर्न आग्रह

Mayorsap

बुध, कार्तिक १४, २०८१ | १८:०२ बजे

काठमाडौँ । संघीय सरकारले सहकारी ठगीबारे छानविन गर्न गठित संसदीय समितिको प्रतिवेदन कार्यान्वयन गर्न भन्दै ७५३ वटै स्थानीय तहमा पत्राचार गरेको छ । 

भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्रालयले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमार्फत देशभरका स्थानीय तहमा समितिको प्रतिवेदन कार्यान्वयन गर्न आग्रह गरेको हो । 

मन्त्रालयले आज देशभरका स्थानीय तहलाई पत्राचार गरेर सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धी संसदीय छानविन विशेष समितिको प्रतिवेदनमा उल्लेख भएका सुझाव र शिफारिसहरु कार्यान्वयन गर्न भनिएको हो । 

सांसद सूर्य थापाको नेतृत्वमा बनेको समितिको प्रतिवेदनलाई सरकारले कार्यान्वयनका लागि सम्बन्धीत निकायमा पठाइरहेको छ । 

यही प्रतिवेदनका आधारमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलगायतका नेता र सहकारी ठगीमा संलग्न व्यक्तिलाई पक्राउ गरेर प्रहरीले अनुसन्धान प्रकृया अघि बढाइसकेको छ । 

सहकारीको दर्ता र नियमन जस्ता काममा स्थानीय सरकारको भूमिका र जिम्मेवारी हुने भएकाले सरकारले सो प्रतिवेदनले औँल्याएका सिफारिस  र सुझाव कार्यान्वयनका लागि स्थानीय तहमा पठाइएको संघीय सरकारको भनाइ छ । 

तपाईंको प्रतिक्रिया

सम्बन्धित खबर

ट्रेन्डिङ

ताजा अपडेट

सूचना, सचेतना, सहकार्य !

 

थप जानकारी

सूचना विभाग दर्ता न.: 4705-2081/2082

प्रेस काउन्सिल नेपाल सूचीकरण न.:-४६९९-२०८१/०८२  

अध्यक्ष : Pradip Khadka

डेस्क इडिटर: 

समाचार

महत्वपूर्ण लिंक

सम्पर्क

© 2024 mayorsap.com | सर्वाधिकार सुरक्षित

Developed with ❤️ by Clock b Business Technology