राजविराज महोत्सवको तयारी पूरा, आजबाट २५ गतेसम्म चल्ने
महोत्सवमा स्थानीय स्तरका विभिन्न उत्पादन र कला संस्कृति झल्किने बस्तुसहितका ४० वटा स्टल रहने पत्रकार सम्मेलनमा ड्रिम नेपालका अध्यक्ष कमल किशोर साहले बताए ।
Mayorsap,विवेक मण्डल
बिही, कार्तिक १५, २०८१ | ०९:१५ बजे
कार्तिक १५ गते,
संस्कृति, पर्यटन, कृषि तथा व्यापार प्रवद्र्धन गर्ने उद्देश्यले बिहीबारदेखि राजविराजस्थित राजरंगशालामा "राजविराज महोत्सव २०८१” सुरु हुने भएको छ ।
महोत्सव मूल आयोजक समितिले बुधबार पत्रकार सम्मेलनको आयोजना गरी कार्तिक १५ गते बिहीबारदेखि सुरु हुने महोत्सवको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ ।
ड्रिम नेपाल युवा संघ सप्तरीको आयोजना तथा राजविराज नगरपालिकाको सहकार्यमा हुने महोत्सव कार्तिक २५ सम्म संचालन हुने महोत्सव मूल आयोजक समितिका संयोजक चितरन्जन यादवले जानकारी दिए ।
महोत्सवको राजविराज नगरपालिकाका कार्यवाहक नगर प्रमुख इसरत परवीनले उद्घाट्न गर्ने तय भएको पत्रकार सम्मेलनमा संयोजक यादवले जानकारी दिए । उनले महोत्सवले कला, संस्कृती, कृषि, पर्यटन, उद्योग ब्यापार र आर्थिक समृद्धिका लागि टेवा पुर्याउने विश्वास समेत व्यक्त गरे ।
महोत्सवमा स्थानिय स्तरका विभिन्न उत्पादन र कला संस्कृती झल्किने वस्तुसहितका ४० वटा स्टल रहने पत्रकार सम्मेलनमा ड्रिम नेपालका अध्यक्ष कमल किशोर साहले बताए ।
महोत्सवमा स्थानीय तथा राष्ट्रिय स्तरका कालाकारहरुको पनि प्रस्तुति हुने उनले जानकारी दिए । उनले स्थानीय स्तरका उत्पादनलाई प्रोत्साहन गर्न त्यस्ता सामग्री बिक्री गर्ने १० वटा व्यवसायीलाई महोत्सव स्थलमा निशुल्क स्टल उपलब्ध गराईने निर्णय भएको समेत जानकारी दिए ।
ड्रिम नेपाल युवा संघका सचिव मुस्तकिम आलमले महोत्सवमा प्रवेश शुल्क वापत रु ५० निर्धारण गरिएको बताउँदै ५ बर्ष मुनिका बालबालिका, जेष्ठ नागरिक र संचारकर्मीका लागि भने प्रवेश शुल्क निशुल्क गरिएको जानकारी दिए ।
यस्तै प्रवेश शुल्कमा खेलाडीलाई ५० र विद्यार्थीलाई ३० प्रतिशत छुटको व्यवस्था गरिएको पत्रकार सम्मेलनमा जानकारी गराइएको छ ।
६४ लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको महोत्सवका लागि विभिन्न संघ संस्था र पालिकाले सहयोग गर्ने आयोजकको विश्वास छ । महोत्सव भव्य र सभ्य रुपमा सम्पन्न गर्न गेट, फिल्ड, मञ्च, खेल तमाशा, शान्ति सुरक्षा, स्टल, स्वयंसेवक परिचालन र निगरानी लगायतका विभिन्न १२ वटा उपसमिति समेत बनाईएको छ ।
यस्तै महोत्सवमा कुनै खाले अप्रिय र आपराधिक घट्ना हुन नदिन निगरानीका लागि १५ वटा सिसि क्यारा समेत जडान गरिएको आयोजक समितिले जनाएको छ ।