रास्वपाले कीर्तिपुरमा उम्मेदवारी नदिने, स्वतन्त्र उम्मेदवारलाई सघाउने
Mayorsap
आइत, मंसिर २, २०८१ | १४:५३ बजे
काठमाडौँ, मंसिर २: राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले कीर्तिपुर नगरपालिकाको प्रमुख र दुई वटा वडाको वडाध्यक्ष पदमा उम्मेदवारी नदिने भएको छ ।
पार्टीका कार्यवाहाक महामन्त्री कविन्द्र बुर्लाकोटीले उक्त नगरपालिकामा पार्टीका तर्फबाट जयराम कार्कीले प्रारम्भिक उम्मेदवारीका लागि नाम दर्ता गरे पनि गएकाे शुक्रबार पार्टीकाे केन्द्रीय कार्यालयमा भएकाे बैठकमा उम्मेदवारी नदिने निर्णय भएकाे हाे ।
उम्मेदवारका प्रत्यासी जयराम कार्कीले पार्टीकाे बैठकमा कीर्तिपुरकाे मेयर र वडा अध्यक्षमा उम्मेदवार नउठाउने निर्णय भएकाे बताए । रास्वपाले स्वतन्त्र उम्मेदवारलाई सहयाेग गर्ने तयारी गरिरहेकाे छ ।
मङ्सिर १६ गते हुने उपनिर्वाचनका लागि आज आइतबार उम्मेदवारी दर्ता जारी छ ।