Ad Image

बाजुराको स्वामीकार्तिकको उपाध्यक्षमा एमालेबाट सुलोचना भण्डारीले दर्ता गराइन् उम्मेदवारी

User Image Mayorsap | ६ महिना अगाडि
Image of storage/news/1731835289.jpg

बाजुरा, मंसिर २: स्वामीकार्त्तिक गाउँपालिकाको उपाध्यक्षमा नेकपा एमालेबाट सुलोचनाकुमारी भण्डारी बुढाले उम्मेदवारी दर्ता गराएकी छिन्।

 

पार्टीका नेता तथा कार्यकर्तासहित मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पुगेर उनले उम्मेदवारी दर्ता गराएकी हुन्।

 

उपाध्यक्ष मैना जोशीको २०८० माघ ४ गते निधन भएपछि रिक्त सो पदमा उपनिर्वाचन हुन लागेको हो। जाेशी स्थानीय तह निर्वाचन २०७९ मा नेपाली कांग्रेसको तर्फबाट गाउँपालिकाको उपाध्यक्ष पदमा निर्वाचित भएकी थिइन्।

 

मंसिर १६ गते हुने स्थानीय तह उपनिर्वाचनका लागि आज मनाेनयन दर्ता भइरहेकाे छ । स्वामीकार्त्तिक गाउँपालिकामा अध्यक्ष पुरूष भएकाले त्यहाँ उपाध्यक्ष पदमा पुरूषले उम्मेदवारी दिन पाउने छैनन् ।