मेयरसाप

बजेट

विद्यालय

आन्दोलन

राजनीतिक दल

कीर्तिपुरको मेयरमा कांग्रेसबाट कृष्णमान डंगोलले दिए उम्मेदवारी

Mayorsap

आइत, मंसिर २, २०८१ | १६:०६ बजे

काठमाडौं । मंसिर १६ गते हुने निर्वाचनमा कीर्तिपुरको मेयरका लागि नेपाली कांग्रेसको तर्फबाट कृष्णमान डंगोलले उम्मेदवारी दिएका छन् ।

 

डंगाेल कांग्रेस कीर्तिपुर नगरसमिति सभापति समेत हुन् । उम्मेदवारी दर्ता गर्न उम्मेदवारसँग महामन्त्री विश्वप्रकाश शर्मासहित सांसदहरू राजेन्द्र केसी, जीतजंग बस्नेतलगायतका नेताहरू समेत सहभागी भएका थिए ।

 

यस्तै कांग्रेसबाट १ नम्बर वडा अध्यक्षमा इच्छाकुमार महर्जन र ४ नम्बर वडा अध्यक्षमा राजेन्द्र बानियाँले उम्मेदवारी दिएका छन् ।

 

२०७९ को चुनावमा कांग्रेसका राजकुमार नकर्मी ९०४३ मत ल्याएर विजयी भएका थिए । उनको निधन भएपछि त्यहाँ उपनिर्वाचन हुने भएकाे हाे ।

 

२०७९ मा दोस्रो बनेका एमालेका उम्मेदावार केशरत्न बज्राचार्यले तत्कालीन समयमा ५५०७ मत पाएका थिए भने माओवादीका शिवशरण मर्हनले ४०९० मत ल्याएका थिए ।

 

कांग्रेसले मेयर र उपमेयरका साथै १० मध्ये ९ वटा वडाध्यक्ष पनि जितेको थियो । यसपटक पनि कांग्रेस मेयर र वडा अध्यक्ष पद आफ्नाे हातमा ल्याउने दाउमा रहेकाे छ ।

तपाईंको प्रतिक्रिया

सम्बन्धित खबर

ट्रेन्डिङ

ताजा अपडेट

सूचना, सचेतना, सहकार्य !

 

थप जानकारी

सूचना विभाग दर्ता न.: 4705-2081/2082

प्रेस काउन्सिल नेपाल सूचीकरण न.:-४६९९-२०८१/०८२  

अध्यक्ष : Pradip Khadka

डेस्क इडिटर: 

समाचार

महत्वपूर्ण लिंक

सम्पर्क

© 2024 mayorsap.com | सर्वाधिकार सुरक्षित

Developed with ❤️ by Clock b Business Technology