मेयरसाप

बजेट

विद्यालय

आन्दोलन

राजनीतिक दल

उदयपुरमा कुन दलबाट क–कसले दर्ता गराए उम्मेदवार ?

Mayorsap

आइत, मंसिर २, २०८१ | १५:३६ बजे

उदयपुर, मंसिर २: मंसिर १६ गते हुने उपनिर्वाचनकाे मनाेनयन दर्ता गराउने विषयलाई लिएर राजनीतिक माहाेल तातेकाे छ ।

 

सत्ता साझेदार दल नेपाली कांग्रेस, नेकपा एमाले, विपक्षी दलहरू नेकपा माओवादी, नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) निर्वाचनकाे प्रचारप्रसारमा हाेमिएका हुन् । उनीहरूले आ–आफ्नाे दलबाट उम्मेदवारी मनाेनयन गरिरहेका छन् । आइतबार बिहान १० बजेबाट सुरु भएको मनोनयन दर्तामा सदरमुकाम गाईघाटस्थित त्रियुगा नगरपालिका वडा नं. १२ मा सबैभन्दा पहिला बिहान १० बजे नागरिक उन्मुक्ति पार्टीका चन्द्रकला चौधरी, दोस्रोमा बिहान ११ बजे रास्वपाका धुर्व पोखरेलले उमेदवारी दर्ता गरेका थिए।

त्यस्तै ११ : ४० मा एमालेका उम्मेदवार लक्ष्मीनारायण चौधरीले उमेदवार दर्ता गराएका छन्। १२ : ३० मा माओवादी केन्द्रका नविन राई, १ : १० मा कांग्रेसका सन्जिव काफ्लेले निर्वाचन कार्यालयमा पुगी उमेदवारी दर्ता गरेका हुन्।

 

मुख्य निर्वाचन अधिकृतको कार्यालयले दिएको समय अनुसार २ बजे राप्रपा र ३ बजे नेकपा (एकीकृत समाजवादी)का उमेदवारले मनोनयन गर्ने तयारी छ।

 

बेलका नगरपालिका ९ मा पनि उमेदवारी दर्ताको प्रक्रिया सुरु भएकाे छ। मनोनयन दर्तासँगै आइतबार नै ५ देखि ६ बजेसम्म विवरण प्रकाशन गर्ने गरी तयारी थालिएको मुख्यनिर्वाचन अधिकृत दिपककुमार खरेलले बताए। मनोनयपत्रको विरोधमा उजुरी दिने समय मङ्सिर ३ गते विहान १०  देखि दिउँसो ३  बजेसम्म तोकिएको छ।

निर्वाचन कार्यालय उदयपुरका अनुसार त्रियुगा १२ मा पुरुष १ हजार ८ सय ७६ र महिला मतदाताको संख्या १ हजार ९ सय ७१ सहित ३ हजार ८ सय ४० मतदाता रहेका छन्। त्यसैगरी बेलका ९ मा जम्मा ३ हजार १ सय ३६ मतदातामध्ये पुरुष १ हजार ५ सय ७२ र महिला १ हजार ५ सय ६४ मतदाता छन्।

 

गत ०७९ वैशाख २० गते सम्पन्न स्थानीय तह निर्वाचनमा विजयी वडाध्यक्षहरु त्रियुगा १२ का चुडाराज काफ्ले र बेलका ९ का पदम खड्काको मोटरसाइकल दुर्घटनामा परेर निधन भएपछि रिक्त स्थानमा उपनिर्वाचन हुन लागेको हो।

 

काफ्लेको चुनाव जितेकै वर्ष फागुनमा शिवरात्रिको साँझ मोटरसाईकल दुर्घटनामा परी निधन भएको थियो। त्यसैगरी बेलका ९ मा काँग्रेसबाटै निर्वाचित वडाध्यक्ष पदम खड्काको पनि गत जेठमा मोटरसाइकल दुर्घटनामै परी ज्यान गएपछि वडाध्यक्ष पद रिक्त रहको थियो। 

तपाईंको प्रतिक्रिया

सम्बन्धित खबर

ट्रेन्डिङ

ताजा अपडेट

सूचना, सचेतना, सहकार्य !

 

थप जानकारी

सूचना विभाग दर्ता न.: 4705-2081/2082

प्रेस काउन्सिल नेपाल सूचीकरण न.:-४६९९-२०८१/०८२  

अध्यक्ष : Pradip Khadka

डेस्क इडिटर: 

समाचार

महत्वपूर्ण लिंक

सम्पर्क

© 2024 mayorsap.com | सर्वाधिकार सुरक्षित

Developed with ❤️ by Clock b Business Technology