Ad Image

पूर्व सभामुख दमननाथ ढुङ्गानाको निधन

User Image Mayorsap | ६ महिना अगाडि
Image of storage/news/1731842301.png

काठमाडौँ, मंसिर २: पूर्व सभामुख दमननाथ ढुङ्गानाको निधन भएको छ ।

पुरानो बानेश्वरस्थित फ्रन्टलाइन अस्पतालमा उपचाररत उहाँको आइतबार निधन भएको हाे । 

ढुङ्गाना वरिष्ठ अधिवक्ता तथा २०४८ सालमा नेपाली कांग्रेसको तर्फबाट प्रतिनिधि सभामा निर्वाचित हुनुभएको थियो । उहाँले २०४८ देखि २०५१ सम्म सभामुखको जिम्मेवारी निर्वाह गर्नुभएको थियो । 

यसैबिच, ढुङ्गानाकाे निधनप्रति राष्ट्रपति रामचन्द्र पाैडेल, प्रधानमन्त्री के.पी शर्मा ओलीलगायत नेताले गहिरो दुःख व्यक्त गर्नुभएको छ ।