मेयरसाप

बजेट

विद्यालय

आन्दोलन

राजनीतिक दल

महावु गापा अध्यक्षका लागि सात जनाले दर्ता गराए उम्मेदवारी

Mayorsap

आइत, मंसिर २, २०८१ | १७:०९ बजे

दैलेख, मङ्सिर २: मङ्सिर १६ गते हुने आसन्न उपनिर्वाचनका लागी महावु गाउँपालिकाको अध्यक्षमा सात(७) दलका उम्मेदवारले मनोनयन दर्ता गरेका छन् । 

 

मुख्य निर्वाचन अधिकृत कार्यालय महावुले दिएको जानकार अनुसार दिउँसो ३ः३० बजेसम्म अध्यक्ष पदमा सात राजनीतिक पार्टीले मनोनयन दर्ता गरेका हुन् । 

 

गाउँपालिका अध्यक्ष पदका लागि नेकपा एमालेबाट जङ्गबहादुर शाहीले मनोनयन दर्ता गर्नुभएको छ । २०७४ सालको स्थानीय तहको निर्वाचनमा नेकपा एमालेबाट गाउँपालिका अध्यक्षमा विजयी भएका शाही २०७९ को स्थानीय तहको निर्वाचनमा नेकपा एकीकृत समाजवादी र माओवादी केन्द्रको संयुक्त गठबन्धनबाट उम्मेदवार भई नेपाली काँग्रेसका लछुमुन गुरुङसँग पराजित हुनुभएको थियो ।

 

यस्तै नेपाली काँग्रेसबाट गाउँपालिका अध्यक्ष पदमा झलक भण्डारीले मनोनयन दर्ता गरेका छन् । स्थानीय तहको निर्वाचन २०७९ मा अध्यक्षमा आंकाक्षी रहनुभएका उहाँ नेपाली काँग्रेस जिल्ला कमिटी सदस्य हुनुहुन्छ । उपनिर्वाचनका लागि माओवादी केन्द्रका जङ्गबहादुर बराल मगरले अध्यक्षमा मनोनयन दर्ता गर्नुभएको छ । 

 

महावु गाउँपालिकाको अध्यक्ष पदमा हुने उप निर्वाचनका लागि राष्ट्रिय स्वतन्त्र पार्टीका तर्फबाट प्रकाशकुमार बुढाले उम्मेदवारी दर्ता गर्नुभएको छ । त्यस्तै राप्रपाबाट सुर्जे रावत, नेपाल मजदुर किसान पार्टीबाट दुर्गबहादुर मगरले मनोनयन दर्ता गर्नुभएको छ ।  

 

नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादीबाट अध्यक्ष पदमा जगतबहादुर हमालले मनोनयन दर्ता गर्नुभएको छ । उहाँ २०७४ सालको स्थानीय तहको निर्वाचनमा नेकपा एमाले महावु गाउँपालिका–५ कासिकाँधबाट वडाध्यक्षमा विजयी हुनुभएको थियो । महावु गाउँपालिकाका अध्यक्ष लछुमुन गुरुङको २०८० माघ २७ गते हृदयाघातका कारण  मृत्यु भएको थियो । 

 

वडाध्यक्षमा ६ जनाको उम्मेदवारी 

 

दैलेखको दुल्लु नगरपालिका –१३ को वडाध्यक्ष पदमा ६ जनाको उम्मेदवारी दर्ता गरेका छन् ।

 

नेपाली काँग्रेसबाट रेशम बहादुर शाही, नेकपा एमालेबाट लाल बहादुर शाही, नेकपा माओवादी केन्द्रका ढकेन्द्र शाही, राष्ट्रिय स्वतन्त्र पार्टीका राम बहादुर शाही, राप्रपा  रेशम कुमार मल्ल नेपाल नेपाल मजदुर किसान पार्टी पूर्ण प्रसाद उपाध्यायले मनोनयन दर्ता गरेका छन् ।

तपाईंको प्रतिक्रिया

सम्बन्धित खबर

ट्रेन्डिङ

ताजा अपडेट

सूचना, सचेतना, सहकार्य !

 

थप जानकारी

सूचना विभाग दर्ता न.: 4705-2081/2082

प्रेस काउन्सिल नेपाल सूचीकरण न.:-४६९९-२०८१/०८२  

अध्यक्ष : Pradip Khadka

डेस्क इडिटर: 

समाचार

महत्वपूर्ण लिंक

सम्पर्क

© 2024 mayorsap.com | सर्वाधिकार सुरक्षित

Developed with ❤️ by Clock b Business Technology