कीर्तिपुरकाे मेयरमा २० जनाकाे उम्मेदवारी, ११ जना स्वतन्त्र उम्मेदवार
Mayorsap
आइत, मंसिर २, २०८१ | १८:१३ बजे
कीर्तिपुर, मंसिर २: कीर्तिपुर नगरपालिकामा मेयर पदका लागि २० जनाले उम्मेदवारी दिएका छन् ।
९ जना दलबाट उम्मेदवार बनेका छन् भने ११ जना स्वतन्त्र उम्मेदवारले मेयर पदकाे लागि उम्मेदवारी दिएका छन् । कीर्तिपुरका निर्वाचन अधिकृत इन्दिरा कार्कीले दिएकाे जानकारीअनुसार आइतबार बेलुकासम्म नेपाली कांग्रेसबाट कृष्णमान डंगाेल, नेकपा एकीकृत समाजवादीबाट भानु रिजाल, जनमतबाट केशव श्रेष्ठ, नेकपा माओवादीबाट शिवशरण महर्जनले उम्मेदवारी दिएका छन् ।
त्यस्तै जनता समाजवादी पार्टी नेपालबाट दिपक महर्जन, राप्रपाबाट धुर्ब महर्जन, नेकपा एमालेबाट सुरेन्द्र मानन्धर, नेमकिपाबाट श्रीकृष्ण महर्जन र नेपाल समाजवादी पार्टीबाट दिलकुमार महर्जनले उम्मेदवारी दिएका छन् ।
त्यस्तै आनन्द महर्जन, नरेशराज पाण्डे, कविकुमार महर्जन, धर्मरत्न मानन्त्रर, नरेश श्रेष्ठ, दिनेशकुमार अधिकारी, प्रेमबहादुर महर्जन, मिम महर्जन, रामकृष्ण महर्जन, राजमान महर्जन, नवरथकुमार बानियाँले कीर्तिपुरकाे मेयरका लागि स्वतन्त्र उम्मेदवारी दिएका छन् ।
कीर्तिपुरकाे ४ नम्बर वडा अध्यक्ष पदका लागि १३ जनाले उम्मेदारी दर्ता गराएका छन् । गाैतम बस्नेत, मदनप्रसाद दाहाल, पविता खड्का अधिकारी, अभिलाष बुढाथाेकी, कृष्णहरि खड्का ४ नम्बर वडा अध्यक्षका स्वतन्त्र उम्मेदवार हुन् ।
त्यस्तै नेकपा एसले रीता खड्का केसी, नेपाली काँग्रेसले राजेन्द्र बानियाँ, जनमत पार्टीले श्रीकृष्ण महर्जन, माओवादीले नारायण विष्ट, जनता समाजवादी पार्टीले राजीव महर्जन, राप्रपाले बिजेश बस्नेत, एमालेले बद्री बुढाथाेकी, नेमकिपाले महेश्वर सुवेदीलाई ४ नम्बर वडा अध्यक्षकाे उम्मेदवार बनाएकाे छ ।
कीर्तिपुरकै वडा नम्बर १ मा कमल महर्जन, अर्जुन महर्जन, बिनाेदकुमार महर्जनले स्वतन्त्र उम्मेदवारी दर्ता गराएका छन् । १ नम्बर वडा अध्यक्ष पदमा जनमत पार्टीले विकास प्रधान, नेपाली कांग्रेसले इच्छाकुमार महर्जन, माओवादीले सरलकुमार महर्जन, राप्रपाले सुरेन्द्रप्रसाद उप्रेती, एमालेले हर्ष महर्जन र
नेमकिपाले कृष्णप्रसाद महर्जनलाई वडा अध्यक्षका उम्मेदवार बनाएका छन् ।