स्थानीय तह उपनिर्वाचन: प्रमुख पदमा ८४ र वडाध्यक्षमा ३२३ जनाको उमेदवारी, कहाँ कसको ?
Mayorsap
आइत, मंसिर २, २०८१ | २१:२४ बजे
काठमाडौं । स्थानीय तह उपनिर्वाचनमा नगरपालिकाका प्रमुख र उपप्रमुख तथा गाउँपालिका अध्यक्ष र उपाध्यक्ष गरी रिक्त आठ पदका लागि ८४ जनाको उमेदवारी परेको छ । जसमध्ये ३५ महिला, ४८ पुरुष र एक अन्य छन् ।
कैलाली जिल्ला समन्वय समितिको प्रमुखमा दुई महिला र ओखलढुंगा जिल्ला समन्वय समितिको प्रमुखमा एक पुरुषको उमेदवारी दर्ता भएको छ ।
गाउँपालिका र नगरपालिकाका वडाध्यक्षको रिक्त ३४ पदका लागि २९ महिला, २९३ पुरुष र एक अन्य गरी जम्मा ३२३ जनाको उमेदवारी परेको छ ।
उमेदवारको मनोनयन पत्र दर्ता भएकामध्ये सबैभन्दा धेरै धनुषाको धनुषाधाम नगरपालिका वडा नम्बर १ को वडाध्यक्ष पदमा २१ जना र सबैभन्दा कम रुकुम (पूर्वी भाग)को पुथा उत्तरगंगा गाउँपालिका वडा नम्बर २ को वडाध्यक्ष पद र बझाङको सुर्मा गाउँपालिका वडा नम्बर ४ को वडाध्यक्ष पदमा ३/३ जना उमेदवारको मनोनयनपत्र दर्ता भएको छ ।
उपनिर्वाचन यही मंसिर १६ गते हुने तय भएको छ ।
हेर्नुहाेस् कहाँ कसकाे उम्मेदवारी परेकाे छ ? सूचीसहित