Ad Image

कोशीका पूर्वमन्त्री अधिकारीलाई थप ५ दिन हिरासतमा राखिने

User Image Mayorsap | ६ महिना अगाडि
Image of storage/news/1732014732.png

काठमाडौं,  मंसिर ४: मानव तस्करीको आरोपमा पक्राउ परेका कोशीका पूर्वमन्त्री लिलाबल्लभ अधिकारीलाई थप ५ दिन हिरासतमा राखिने भएकाे छ।

 

जिल्ला प्रहरी परिसर काठमाण्डाैले हिरासतमा राख्न अदालतबाट अनुमति लिएको समय सकिएपछि मंगलबार जिल्ला अदालत काठमाडौंमा उनकाे मुद्दा पेश गरिएकाे थियो ।

अदालतले थप ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको प्रहरी अधिकारीले बताएका छन् ।

कात्तिक दोस्रो हप्ता जापान जाँदा असम्बन्धित व्यक्तिलाई लिएर गएपछि एमाले प्रदेशसभा सदस्य तथा तत्कालीन आन्तरिक मामिलामन्त्री अधिकारी छानबिनमा परेका हुन् ।