मेयरसाप

बजेट

विद्यालय

आन्दोलन

राजनीतिक दल

पुथा उत्तरगंगामा ५ जनाको उम्मेदवारी फिर्ता, उपाध्यक्षमा एमाले र माओवादीबीच प्रतिस्पर्धा

Mayorsap

बुध, मंसिर ५, २०८१ | १७:३५ बजे

रुकुम पूर्व, मंसिर ५ः पुथा उत्तरगंगा गाउँपालिका उपाध्यक्ष पदमा उम्मेदवारी दिएका पाँचजनाले आफ्नो उम्मेदवारी फिर्ता लिएका छन् ।

 

मंसिर २ गते आइतबार उपाध्यक्ष पदका लागि सातजनाले उम्मेदवारी दिएका थिए । तर, बुधबार पाँचजना उम्मेदवारले उम्मेदवारी फिर्ता लिएसँगै एमाले र माओवादी केन्द्रबीच प्रतिस्पर्धा हुने भएको छ ।

 

बुधबार नेकपा एकीकृत समाजवादीकी सुनिता बुढा, स्वतन्त्रतर्फका मोहनभक्त बुढा, श्रीदेवी सुनार विक, भिमकुमारी पुन मगर र कोपिला बुढा पुनले आ–आफ्नो उम्मेदवारी फिर्ता लिएका हुन् । अब नेकपा एमालेकी केशकुमार तुलाचन र माओवादी केन्द्रकी उम्मेदवार नरपूरा बुढा चुनावी मैदानमा छन् । तुलाचनलाई कांग्रेसको समर्थन छ भने बुढालाई एकीकृत समाजवादीले सघाउने भएको छ ।

 

जिसस प्रमुख, गाउँपालिका अध्यक्ष र उपाध्यक्ष, नगरपालिका प्रमुख र उपप्रमुख तथा वडाध्यक्षको रिक्त ४४ पदपूर्ति गर्न यही मंसिर १६ गते उपनिर्वाचन हुन लागेको हो । 

तपाईंको प्रतिक्रिया

सम्बन्धित खबर

ट्रेन्डिङ

ताजा अपडेट

सूचना, सचेतना, सहकार्य !

 

थप जानकारी

सूचना विभाग दर्ता न.: 4705-2081/2082

प्रेस काउन्सिल नेपाल सूचीकरण न.:-४६९९-२०८१/०८२  

अध्यक्ष : Pradip Khadka

डेस्क इडिटर: 

समाचार

महत्वपूर्ण लिंक

सम्पर्क

© 2024 mayorsap.com | सर्वाधिकार सुरक्षित

Developed with ❤️ by Clock b Business Technology