मेयरसाप

बजेट

विद्यालय

आन्दोलन

राजनीतिक दल

उपनिर्वाचनमा बालबालिकाको प्रयोग नगर्न जिसपको आग्रह

Mayorsap

बुध, मंसिर ५, २०८१ | १७:१९ बजे

काठमाडौँ, मङ्सिर ५: बालबालिका शान्तिक्षेत्र राष्ट्रिय अभियान (जिसप) ले उपनिर्वाचनको कुनै पनि कार्यक्रममा बालबालिकाको प्रयोग नगर्न अनुरोध गरेको छ ।

 

जिसपले विद्यालयलाई शान्ति क्षेत्रको रूपमा कायम राख्न र उक्त क्षेत्रमा कुनै पनि राजनीतिक कार्यक्रम नगर्न सम्पूर्ण राजनीतिक दल र सम्बन्धित सबैमा अपिलसमेत गरेको छ ।    
     
 “सम्पूर्ण राजनीतिक दलमा निर्वाचन आचारसंहिता २०७८ को पालना गर्न र बालबालिका सम्बन्धी ऐन २०७५ को दफा ७ तथा दफा ६६ र विद्यालय शान्ति क्षेत्र राष्ट्रिय ढाँचा र कार्यान्वयन निर्देशिका २०६८ समेतको विरुद्ध हुने गरी कुनै पनि क्रियाकलाप नगर्न अनुरोध गर्दछौँ”, जिसपद्वारा आज जारी विज्ञप्तिमा भनिएको छ ।     
     
 विसं २०७९ मा सम्पन्न भएको स्थानीय तहको निर्वाचनपश्चात् देशभरबाट विभिन्न कारणले स्थानीय तहमा रिक्त जिल्ला समन्वय समितिका प्रमुख दुई, गाउँपालिका अध्यक्ष दुई, उपाध्यक्ष चार, नगरपालिका प्रमुख एक, उपप्रमुख एक र वडाअध्यक्ष ३४ गरी जम्मा ४४ रिक्त पदमा यही मङ्सिर १६ गते आइतबार उपनिर्वाचन हुँदैछ । बालबालिकालाई दलगत प्रयोग भएको विषय उठान गर्दा बालसंवेदनशीलता अपनाइने कुराको सुनिश्चितता गर्नुपर्ने माग पनि जिसपले गरेको छ ।     

तपाईंको प्रतिक्रिया

सम्बन्धित खबर

ट्रेन्डिङ

ताजा अपडेट

सूचना, सचेतना, सहकार्य !

 

थप जानकारी

सूचना विभाग दर्ता न.: 4705-2081/2082

प्रेस काउन्सिल नेपाल सूचीकरण न.:-४६९९-२०८१/०८२  

अध्यक्ष : Pradip Khadka

डेस्क इडिटर: 

समाचार

महत्वपूर्ण लिंक

सम्पर्क

© 2024 mayorsap.com | सर्वाधिकार सुरक्षित

Developed with ❤️ by Clock b Business Technology