मेयरसाप

बुढीगङ्गा गाउँपालिका

गुराँस गाउँपालिका

भजनी नगरपालिका

शौचालय

कर

एनपीएल : जनकपुर बोल्ट्सलाई १२८ रनको लक्ष्य

उद्घाटन खेलमा जनकपुरका कप्तान अनिल शाहले टस जितेर बलिङ रोजेसँगै विराटनगर किंग्सले पहिले ब्याटिङ गर्ने अवसर पाएको थियो ।

Mayorsap

शनि, मंसिर १५, २०८१ | १४:१८ बजे

काठमाडौं । न्युजिल्याण्डका ब्याटर मार्टिन गप्टिलले अर्धशतक बनाएपनि जनकपुर बोल्ट्सका बलरले उत्कृष्ट प्रदर्शन गरेपछि विराटनगर किंग्स नेपाल प्रिमियर लिग एनपीएलको उद्घाटन खेलमा १२७ रनमा अलआउट भएको छ ।

कीर्तिपुरस्थित टीयू मैदानमा जनकपुरले टस जितेर फिल्डिङ रोजेपछि पहिले ब्याटिङ गरेको विराटनगरले १९ ओभरमा सबै विकेट गुमाएर १२७ रन बनाएको हो ।

विराटनगरका लागि गप्टिलले सर्वाधिक ५५ रन बनाए । पहिलो पटक नेपालमा आएर फ्रेन्चाइज लिग खेलेका गप्टिलले ४३ बल खेल्दै ७ चौका र १ छक्का प्रहार गरे ।

६ रनमै लोकेश बमलाई पहिलो विकेटको रुपमा गुमाएको विराटनगरक लागि गप्टिल र आकिब इल्यासले ४७ रनको साझेदारी गर्दै इनिङ्स उकासेका थिए । तर इल्यास पनि १५ रन बनाएर आउट भए ।

त्यसपछि आएका ब्याटरले गप्टिललाई राम्रो साथ दिन सकेनन् । निकोलस किर्टोन ९, बसिर अहमद ७ र राजेश पुलामी मगर १ रनमा आउट भए ।

जनकपुरका लागि नेपाली स्पीनर ललित राजवंशीले उत्कृष्ट बलिङ गरे । ललितले पनि ४ ओभरमा २८ रन खर्चेर सर्वाधिक ३ विकेट लिए ।
यस्तै क्यानडियन अलराउण्डर हर्श थाकेरले ४ ओभरमा २२ रन खर्चेर २ विकेट लिए ।

​​मेयरसापमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए writeto.mayorsap@gmail.com मा पठाउनु होला।

तपाईंको प्रतिक्रिया

सम्बन्धित खबर

ट्रेन्डिङ

ताजा अपडेट

सूचना, सचेतना, सहकार्य !

 

थप जानकारी

सूचना विभाग दर्ता न.: 4705-2081/2082

प्रेस काउन्सिल नेपाल सूचीकरण न.:-४६९९-२०८१/०८२ 

समाचार

महत्वपूर्ण लिंक

सम्पर्क

© 2025 mayorsap.com | सर्वाधिकार सुरक्षित

Developed with ❤️ by Clock b Business Technology