मेयरसाप

विद्यालय

अरुकाे जग्गा हत्याउन कीर्ते कागजपत्र बनाइदिएकाे अभियाेगमा बकैया गाउँपालिकाका अध्यक्ष जेल चलान

Mayorsap

बिही, कार्तिक २२, २०८१ | १४:१९ बजे

काठमाडौँ । मकवानपुरको बकैया गाउँपालिका वडा नम्बर ४ का वडा अध्यक्ष जेल चलान भएका छन् । 

सरकारी कागजात कीर्ते गरेको अभियोगमा वडाध्यक्ष राजन दंगाल जेल (कारागार) चलान भएका हुन् । उनलाई भीमफेदी कारागारमा राखिएको छ । 

जिल्ला न्यायाधीश सकुन्तला कार्कीको इजलासले बुधवार सरकारी कागजात कीर्तेको अभियोगमा उनलाई थुनामा राखी मुद्दा पुर्पक्ष गर्न आदेश दिएको थियो । 

सो आदेशअनुसार वडा अध्यक्ष दंगाल पुर्पक्षका लागि कारागार पठाइएको अदालतका अधिकृत दिलीप राईले जानकारी दिए । वडा अध्यक्ष दंगाल विरुद्ध गत असार दोस्रो हप्ता कागजात कीर्ते गरेको अभियोगमा अदालतबाट पक्राउ पुर्जी जारी भएको थियो ।

वडाध्यक्ष दंगालमाथि स्याङ्जाकी मृतक उमादेवी गुरुङको नागरिकता कीर्ते र जग्गा पास सम्बन्धी प्रक्रियाका लागि नक्कली कागजात बनाएर सिफारिस गरेको अभियोग छ ।

प्रहरीका अनुसार गुरुङको नाममा ललितपुर, कीर्तिपुर र चितवनमा रहेको जग्गा हत्याउने प्रयास अनुसार कागजात कीर्ते गर्न वडा अध्यक्षले काम गरेका थिए । 

तपाईंको प्रतिक्रिया

सम्बन्धित खबर

ट्रेन्डिङ

ताजा अपडेट

सूचना, सचेतना, सहकार्य !

 

थप जानकारी

सूचना विभाग दर्ता न.: 4705-2081/2082

प्रेस काउन्सिल नेपाल सूचीकरण न.:-४६९९-२०८१/०८२  

अध्यक्ष : Pradip Khadka

डेस्क इडिटर: 

समाचार

महत्वपूर्ण लिंक

सम्पर्क

© 2024 mayorsap.com | सर्वाधिकार सुरक्षित

Developed with ❤️ by Clock b Business Technology