Ad Image

पुथा उत्तरगंगा गाउँपालिकामा चुनावी चहलपहल सुरु

User Image Mayorsap | ६ महिना अगाडि
Image of storage/news/1730968905.jpg

काठमाडौँ । नेकपा एमालेले रुकुमपूर्वको पुथा उत्तरगंगा गाउँपालिकाको उपाध्यक्ष पदको उम्मेदवारमा केशकुमारी तुलाचनलाई अघि सारेको छ । 

जिल्ला कमिटीको उपसचिवसमेत रहेकी तुलाचनलाई एमालेले उपाध्यक्षको उम्मेदवार बनाउने भएको हो । सिफारिस भएर आएकामध्येबाट जिल्ला कमिटीले उनको नाम टुंग्याएको हो । 

साथै, वडा नम्बर २ को वडाध्यक्षमा जीवन रोका मगरलाई उम्मेदवार बनाउने एमालेले निर्णय गरेको छ ।

२०७९ सालमा भएको निर्वाचनमा माओवादी केन्द्रबाट निर्वाचित भएकी पालिका उपाध्यक्ष भुपेन्द्र बुढा र वडाध्यक्ष जसबहादुर सिर्पालीको गत भदौ २८ गते सवारी दुर्घटनामा निधन भएपछि रिक्त पदपूर्तिका लागि उपनिर्वाचन हुन लागेको हो ।