सिम्रौनगढ नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत साहविरुद्ध भ्रष्टाचार मुद्दा दायर
Mayorsap
शुक्र, कार्तिक ३०, २०८१ | १३:२१ बजे
काठमाडौँ,कात्तिक ३०ः भ्रष्टाचार गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बारा जिल्लाको सिम्रौनगढ नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृतविरुद्ध मुद्दा दायर गरेको छ ।
आयोगले शुक्रबार एक विज्ञप्ति जारी गरी अधिकृत वीरेन्द्र प्रसाद साह उपर सार्वजनिक सम्पत्ति हानि नोक्सानी गरी भ्रष्टाचार गरेको आरोपमा मुद्दा दायर गरेको जानकारी गराएको छ ।
साहलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा ९१० बमोजिमको कसुरमा बिगो अठहत्तर हजार रुपैयाँ कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) को देहाय (ग) बमोजिम कैद सजाय गरी सोही ऐनको दफा ३ को उपदफा (१) अनुसार बिगो बमोजिम जरिवाना सजाय हुन माग दाबी लिई शुक्रबार विशेष अदालत काठमाडौँमा आरोप(पत्र दायर गरिएको आयोगका प्रवक्ता नरहरि घिमिरे जानकारी दिए ।
अख्तियार दुरुपयोग अनुसन्भान आयोगको कार्यालय हेटौडाको टोलीले उनलाई कात्तिक ७ गते ७८ हजार रुपैयाँ घुससहित पक्राउ गरेको थियाे। एक योजनाको बिल भुक्तानी गरेवापत सेवाग्राहीसँग लिइरहेको ७८ हजार घुस रकमसहित उनलाई कलैया उपमहानगरपालिका ४ वडा कार्यालय नजिक बाटोबाट पक्राउ गरी अख्तियारले अनुसन्धान गरिरहेकाे थियाे ।