पहिलोपटक नेपालले बंगलादेश निर्यात गर्दैछ ४० मेगावाट विद्युत्
नेपाल र बंगलादेशबीच जुन १५ देखि नोभेम्बर १५ सम्म ४० मेगावाट बिजुली निर्यात गर्ने सम्झौता भइसकेको छ ।
Mayorsap
शुक्र, कार्तिक ३०, २०८१ | १३:०५ बजे
काठमाडौं, कात्तिक ३०ः नेपालले पहिलोपटक बंगलादेशलाई विद्युत बेचेको छ । यसअघि भारतमा मात्रै भइरहेको निर्यात यसपटकबाट बंगलादेशसम्म पुगेको हो ।
नेपाल, भारत र बंगलादेशका मन्त्रीहरूको भर्चुअल उपस्थितिमा विद्युत् निर्यात भएको हो । नेपालले अहिले ४० मेगावाट विद्युत् बंगलादेश निर्यात गरेको हो ।
भारतको मनोहर लाल खाट्टर, बंगलादेशका मोहमद फौजुल कवीर खान र नेपालका तर्फबाट दीपक खड्काले भर्चुअल रूपमा निर्यातको सुरुआत गरे ।
नेपालले भारतीय ग्रिडको प्रयोग गरी यो वर्ष आज ४० मेगावाट विद्युत् पठाएको हो । नेपाल र बंगलादेशबीच जुन १५ देखि नोभेम्बर १५ सम्म ४० मेगावाट बिजुली निर्यात गर्ने सम्झौता भइसकेको छ ।
प्राधिकरणले बंगलादेश निर्यातका निम्ति चिलिमे र त्रिशूली जलविद्युत् आयोजनाको नाम प्रस्ताव गरेको थियो । यी दुवै यसअघि भारतीय बजारमा बिक्री भइरहेका आयोजना समेत हुन् ।