Ad Image

मंसिरको लागि घट्यो निक्षेपको ब्याजदर, कुन बैंककाे कति ?

User Image Mayorsap | ६ महिना अगाडि
Image of storage/news/1731653441.png

काठमाडौं, कात्तिक ३०ः नेपालका बैंकहरूले मंसिरको लागि निक्षेपको ब्याजदर थप घटाएका छन्।

कात्तिकमा वाणिज्य बैंकहरूले औसत ६.१८ प्रतिशत ब्याजदर दिइरहेकोमा मंसिरको लागि यस्तो ब्याजदर औसत ५.९९ प्रतिशतमा सीमित भएको छ।

२० वाणिज्य बैंकमध्ये मंसिर महिनाका लागि नौ वटा वाणिज्य बैंकले निक्षेपमा दिने अधिकतम ब्याजदर घटाएका छन् । एउटा बैंकले ब्याजदर बढाएको छ भने बाँकीको स्थिर छ। ब्याजदर बढाउनेमा राष्ट्रिय वाणिज्य बैंक छ।


ब्याजदर घटाउने बैंकहरूमा नबिल, माछापुच्छ्रे, एनआइसी एसिया, स्ट्याण्डर्ड चार्टर्ड, लक्ष्मी सनराइज, कुमारी, एनएमबी, ग्लोबल आइएमई, सिटिजन्स, प्राइम कमर्सियल र कृषि विकास बैंक छन्।

 

बैंकहरूको कर्जा लगानी नभएपछि ब्याज घटेको हो ।