कर्णालीमा माओवादीले घोषणा गर्यो उम्मेदवार, मनाेनयन दर्ता गर्दै
Mayorsap
आइत, मंसिर २, २०८१ | १३:०५ बजे
सुर्खेत, मंसिर २: नेकपा माओवादी केन्द्रले कर्णाली प्रदेशका ८ वटा स्थानमा उम्मेदवार चयन गरेको छ । उपनिर्वाचनकाे मनोनयन दर्ता गर्ने दिन आज माओवादीले उम्मेदवार घोषणा गरेको हो ।
माओवादीको प्रदेश कमिटीले दैलेखको महाबु गाउँपालिका अध्यक्षमा जंग बराल मगर, जाजरकोट नलगाड नगरपालिका उपप्रमुखमा देवका लामिछाने (शोभा), हुम्लाको सर्केगाड गाउँपालिका उपाध्यक्षमा देवकी तिमिल्सिनालाई उम्मेदवार बनाएको छ ।
त्यस्तै, दैलेखको दुल्लु नगरपालिका वडा नम्बर १३ को अध्यक्षमा ढकेन्द्र शाही, रुकुमपश्चिम सानीभेरी नगरपालिका–५ वडाध्यक्षमा जसिराम बस्नेत, जाजरकोट कुशे गाउँपालिका–५ वडाध्यक्षमा गोरख नेपाली, कालिकोटको तिलागुफा नगरपालिका–४ वडाध्यक्षमा– नैसरा शाही र डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका – ५ को वडाध्यक्षमा– नर झाँक्रीलाई उम्मेदवार घोषणा गरिएको छ ।
उनीहरु सबैले आजै उम्मेदवारी दिने माओवादी केन्द्र कर्णाली प्रदेश प्रकाशन विभागका प्रमुख मोहन शाहीले जानकारी दिए ।