Ad Image

राप्रपाका श्रेष्ठले काठमाडौँ– १६ को वडा अध्यक्ष पदमा गरे उम्मेदवारी दर्ता

User Image Mayorsap | ६ महिना अगाडि
Image of storage/news/1731829172.png

काठमाडौँ । राप्रपाले काठमाडौँ महानगरपालिका– १६ को वडा अध्यक्ष पदमा उम्मेदवारी दर्ता गराएको छ ।

मनाेनयन दर्ताकाे दिन आज राप्रपाका श्यामकृष्ण श्रेष्ठले वडा कार्यालयमा पुगेर उम्मेदवारी दर्ता गराएका हुन् ।

उम्मेदवारी दर्ता गराउन श्रेष्ठ नेता कार्यकताहरुसहित वडा कार्यालय पुगेका थिए ।

मंसिर १६ गते स्थानीय तहको उपनिर्वाचन हुँदैछ । काठमाडाैं १६ का वडा अध्यक्ष मकुन्द रिजालकाे हृदयघातका कारण मृत्यु भएपछि वडा अध्यक्ष पदका लागि त्यहाँ उपनिर्वाचन हुन लागेकाे हाे ।