मेयरसाप

बजेट

विद्यालय

आन्दोलन

राजनीतिक दल

उम्मेदवारी दिन लागेका व्यक्तिलाई अपहरण शैलीमा अज्ञातस्थल लगियाे, धाकधम्की दिइयाे: रास्वपा

Mayorsap

आइत, मंसिर २, २०८१ | १४:२० बजे

काठमाडौँ, मंसिर २: राष्ट्रिय स्वतन्त्र पार्टीले हुम्लाको सर्केगाड गाउँपालिकाको उपाध्यक्ष पदमा उम्मेदवार दिन तयार पारेका कार्यकर्तालाई अन्य पार्टीका नेता कार्यकर्ताले धाक धम्की दिएको तथा अपहरण शैलीमा अज्ञातस्थलमा लगेको आरोप लगाएको छ ।

 

रास्वपाका कार्यवाहक महामन्त्री कवीन्द्र बुर्लाकोटीले आइतबार विज्ञप्ति जारी गर्दै उम्मेदवार दर्ताकाे तयारी गरिरहेकी सुजता थापालाई मङ्सिर १ गते दिउँसो करिब १ बजे करिब ४०–४५ जना युवाहरूको समूहले घरबाट लछारपछार गर्दै अपहरण शैलीमा अज्ञात स्थलतर्फ लगेको बताएका छन् ।

 

उनीसँगै उनका श्रीमानलाई पनि अपहरण गरिएकाे रास्वपाले जनाएकाे छ । घटनाबारे थाहा भएपछि हुम्लाका प्रमुख जिल्ला अधिकारी नारायण पाण्डेयलाई जानकारी गराइएको समेत रास्वपाले जनाएको छ । ‘रास्वपाका उम्मेदवार र उहाँको परिवारलाई त्यसरी अपहरण शैलीका अज्ञात स्थलमा लछारपछार गरी लगी रास्वपाबाट उम्मेदवारी नदिन धम्क्याउँदै मानसिक दबाब दिने र उम्मेदवारी दिएमा जे पनि हुन सक्नेसम्मको यातना दिइएको पाइएको र त्यस पश्चात् निज सुजाता थापा र उहाँ परिवार मानसिक तनावमा देखिएको र हाल असुरक्षाका कारण उम्मेदवारी दिन नसकिने मनस्थितिमा पुग्नुभएको पाइएको छ’, बुर्लाकोटीले भनेका छन् । 

 

उनका अनुसार उक्त घटनामा स्थानीय नेपाली काँग्रेसका सदस्यहरू संलग्न रहेको सूचना प्राप्त भएको छ । साथै रास्वपाले हुम्ला सर्केगाडमा उम्मेदवार तय गर्न र प्रचारप्रसारमा खटिएका पार्टीका केही सदस्यहरूलाई समेत दुर्व्यवहारका साथै लछारपछार र कुटपिट समेत भएको जनाएको छ । 

 

‘यसैबिच मधेस प्रदेशमा पनि रास्वपाका सम्भावित उम्मेदवारहरूलाई धम्की दिने र प्रलोभनमा पार्ने सम्मका प्रयत्नहरू भएको छ’, रास्वपाको विज्ञप्तिमा भनिएको छ, ‘यसरी उम्मेदवार दिन तयार व्यक्ति र निजको परिवारलाई धाक धम्की दिने, मानसिक यातना दिने, प्रलोभन देखाउने र  रास्वपालाई उम्मेदवारी नै दिन नदिने यसप्रकारका चरम अलोकतान्त्रिक व्यवहारको हामी घोर निन्दा गर्दछौँ ।’

रास्वपाले पछिल्ला घटनाहरूबारे निर्वाचन आयोगको ध्यानाकर्षण गराउँदै दोषीहरूलाई कानुन बमोजिम कारबाही गर्नका लागि अनुरोध गरेको छ ।

तपाईंको प्रतिक्रिया

सम्बन्धित खबर

ट्रेन्डिङ

ताजा अपडेट

सूचना, सचेतना, सहकार्य !

 

थप जानकारी

सूचना विभाग दर्ता न.: 4705-2081/2082

प्रेस काउन्सिल नेपाल सूचीकरण न.:-४६९९-२०८१/०८२  

अध्यक्ष : Pradip Khadka

डेस्क इडिटर: 

समाचार

महत्वपूर्ण लिंक

सम्पर्क

© 2024 mayorsap.com | सर्वाधिकार सुरक्षित

Developed with ❤️ by Clock b Business Technology