Ad Image

सप्तरीको डाक्नेश्वरी १ मा जसपा धिरेन्द्र विजयी

User Image Mayorsap | ५ महिना अगाडि
Image of storage/news/1733067904.jpeg

सप्तरी । डाक्नेश्वरी नगरपालिका वडा नम्बर  १ मा जनता समाजवादी पार्टी नेपालका उम्मेदवार धिरेन्द्र कुमार साह जितेका छन् ।

वडा अध्यक्षमा जनता समाजवादी पार्टी नेपालका उम्मेदवार साहले  छ सय ५२ मत प्राप्त गरी विजय भएका हुन् । उहाँका निकटतम प्रतिद्वन्द्वी   नेपाली काँग्रेसका भुलिया देवी चौधरीले पाँच सय ८७ मत प्राप्त गरेका हुन।

यस्तै नेकपा एमालेका उम्मेदवार भगमानी साहले दुई सय ६५ मत प्राप्त गरी तेस्रो भए ।

उक्त   वडामा  खसेको १८सय  ४५ मत मध्ये ५१ मत बदर  भएका छ्न ।

गए राती नै आएको निर्वाचन परिणाम अनुसार डाक्नेश्वरी वडा नम्बर ४मा पनि जनता समाजवादी पार्टी नेपाल के देवेन्द्र प्रसाद यादवले जितिसकेका हुन् ।