उदयपुरको त्रियुगा १२ मा नेकपा (माओवादी)का राई विजयी


गाईघाट । उदयपुरको त्रियुगा नगरपालिका वडा नं १२ को वडा अध्यक्ष पदका लागि आइतबार सम्पन्न भएको उपनिर्वाचनमा नेकपा माओवादी केन्द्रका उम्मेदवार विजयी भएका छन् ।
उदयपुरका मुख्य निर्वाचन अधिकृत दीपककुमार खरेलका अनुसार नेकपा माओवादी केन्द्रका उम्मेदवार नवीनकुमार राईले नौ सय २३ मत प्राप्त गरी वडा अध्यक्ष पदमा विजयी भएका हुन् ।
उनका निकटतम प्रतिद्वन्द्व नेकपा एमालेका लक्षिनारायण चौधरीले छ सय आठ मत प्राप्त गरे ।