मेयरसाप

कीर्तिपुर नगरपालिका

स्थानीय तह

बालेन शाह

सुनिता डंगोल

खेलकुद मेला

काठमाडौं दरबार क्षेत्र

बाढी

रेणु दाहाल

निस्दी गाउँपालिका

औद्योगिक ग्राम

फिदिम नगरपालिका

उपनिर्वाचनका ३७ सीटको मतगणना सम्पन्न

कांग्रेसले सबैभन्दा बढी १६ वटा वडाध्यक्ष जितेर अग्रता बनाएको छ ।

Mayorsap

सोम, मंसिर १७, २०८१ | १३:१३ बजे

काठमाडौं । स्थानीय तहका विभिन्न ४१ रिक्त पदका लागि भएको उपनिर्वाचनमा भएको मतगणना अन्तिम चरणमा पुगेको छ । अहिलेसम्म ३७ पदको परिणाम आइसकेको छ ।

 


राजनीतिक दलमध्ये नेपाली कांग्रेसले सबैभन्दा बढी १६ वटा वडाध्यक्ष जितेर अग्रता बनाएको छ । कांग्रेसले जितेका १९ वडाध्यक्ष रिक्त भएका थिए । त्यस्तै कांग्रेसले २ गाउँपालिका अध्यक्ष,एक उपाध्यक्ष र एक उपमेयर भने गुमाएको छ ।

 

त्यस्तै एमालेले एक अध्यक्ष र एक उपाध्यक्ष थपेर ५ वडाध्यक्ष जित्दा माओवादीले पनि एक अध्यक्ष र एक उपमेयरसहित ६ वडाध्यक्ष जितेको छ । माओवादीले जितेका ७ वडाध्यक्ष रिक्त भएका थिए भने एमालेले जितेका ६ वडाध्यक्ष रिक्त भएका थिए ।

 


यी बाहेक जसपा नेपालले २ वडाध्यक्ष जितेको छ भने नेकपा एस,रास्वपा र नेपाल मजदूर किसान पार्टीले एक एक वडाध्यक्ष जितेका छन् । एक वडाध्यक्ष स्वतन्त्रले जितेका छन् ।

 

किर्तिपुर नगरपालिकाको मेयर,गौरीशंकर गाउँपालिका उपाध्यक्ष,बेलका नगरपालिका वडाध्यक्षको मतपरिणाम आउन बाँकी छ ।

​​मेयरसापमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए writeto.mayorsap@gmail.com मा पठाउनु होला।

तपाईंको प्रतिक्रिया

सम्बन्धित खबर

ट्रेन्डिङ

ताजा अपडेट

सूचना, सचेतना, सहकार्य !

 

थप जानकारी

सूचना विभाग दर्ता न.: 4705-2081/2082

प्रेस काउन्सिल नेपाल सूचीकरण न.:-४६९९-२०८१/०८२  

अध्यक्ष : Pradip Khadka

हाम्राे टिम

समाचार

महत्वपूर्ण लिंक

सम्पर्क

© 2024 mayorsap.com | सर्वाधिकार सुरक्षित

Developed with ❤️ by Clock b Business Technology