कीर्तिपुरको मतगणना अन्तिम चरणमा, कांग्रेसका उम्मेदवार जित उन्मुख !
Mayorsap
सोम, मंसिर १७, २०८१ | २०:२८ बजे

काठमाडौं । कीर्तिपुर नगरपालिकाको मतगणना अन्तिम चरणमा पुगेको छ । निर्वाचन अधिकृत इन्दिरा कार्कीका अनुसार १० मध्ये ९ वटा वडाको गणना सकिएको छ ।
अहिले वडा नम्बर १० को गणना भइरहेको छ । पछिल्लो मतपरिणाम अनुसार उनले ५ हजार ६९ मत प्राप्त गरेका छन्।
त्यस्तै सुरूआतदेखि नै दोस्रो स्थानमा रहेका नेकपा एमालेका सुरेन्द्र मानन्धर तेस्रो स्थानमा झरेका छन्।
नेकपा माओवादी केन्द्रका शिवशरण महर्जनले उछिन्दै दोस्रो स्थानमा आएका हुन्। मानन्धरले ३९९७ पाउँदा महर्जनले ४११९ मत प्राप्त गरेका हुन्। माओवादीका महर्जन १२२ मतले अगाडि गएका हुन्।
स्वतन्त्र उम्मेदवार राजमान महर्जन चौथो स्थानमा छन्। उनले १८७६ मत पाएका छन्।
यस्तै स्वतन्त्र उम्मेदवारहरू कविकुमार महर्जनले १२८९ र दिनेशकुमार अधिकारीले १०४३ मत पाएका हुन्।
यसअघि मेयर पदमा नेपाली कांग्रेसका राजकुमार नकर्मी विजयी बनेका थिए। उनले ९०४३ मत प्राप्त गरेका थिए।
वडा नम्बर १ को अध्यक्ष पदमा पनि कांग्रेसका हिरालाल महर्जनले ७७८ मत प्राप्त गरी विजयी बनेका थिए।
यस्तै वडा नम्बर ४ मा श्यामकुमार अधिकारीले स्वतन्त्र उम्मेदवारी दिएर विजयी बनेका थिए।
तीनै जना जनप्रतिनिधिको मृत्यु भएपछि उपनिर्वाचन भएको हो।
वडा नम्बर १ र वडा नम्बर तीनमा पनि नेपाली कांग्रेस नै विजयी बनेको छ।
वडा १ मा इच्छाकुमार महर्जन र वडा नम्बर ४ मा राजेन्द्र बानियाँ निर्वाचित भएका हुन्।