नेपालले टस हार्यो, पहिले बलिङ गर्दै
Mayorsap
मंगल, मंसिर १८, २०८१ | ११:०८ बजे
काठमाडौं । युएईमा जारी रहेको यु १९ एसिया कपमा सान्त्वना जितको खोजीमा रहेको नेपालले अफगानिस्तानविरुद्ध टस हारेको छ ।
युएईको सारजाहमा अफगानिस्तानले टस जितेर नेपाललाई बलिङको निम्ताे दिएको छ । दुवै टोली जितले सान्त्वना जितसहित प्रतियोगिता अन्त्यको लागि प्रयास गर्नेछन्।
नेपाल पहिलो खेलमा श्रीलंकासँग ५५ रन र दोस्रो खेलमा बंगलादेशसँग ५ विकेटले पराजित भएको थियो । अफगानिस्तान पहिलो खेलमा बंगलादेशसँग ४५ रन र दोस्रो खेलमा श्रीलंकासँग १ सय ३१ रनले पराजित भएको थियो ।