आजदेखि रोकियो नासु र खरदारको सरुवा र काज, यस्तो छ कारण
Mayorsap
बुध, मंसिर १९, २०८१ | ११:२१ बजे
काठमाडौँ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले आजदेखि नायव सुव्वा र खरदारको सरुवा, काज तथा पदस्थापनाको कार्य रोकेको छ ।
मन्त्रालयले लोकसेवा आयोगले खरदार र नासुको विज्ञापन खोल्न लागेको र यही बेला यी कर्मचारीकाे सरुवा गरे लामो समयदेखि दुर्गममा कामकाज गर्दै आएका कर्मचारीलाई मर्का पर्ने भन्दै सरुवा र काज रोकेको हो ।
मन्त्रालयको यो निर्णयसँगै आजवाट खरदारको माघ मसान्तसम्म र नायव सुव्वाको फागुन मसुानतसम्म सरुवा, काज तथा पदस्थापनका सबै काम रोकेका हो ।
योसँगै अब खरदार र नायव सुव्वा तहका कर्मचारीको सरुवा नहुने भएको छ । मन्त्रालयको सचिवस्तरीय निर्णयले सरुवा रोकेको हो